भारत,चीन, जापान ,नर्वे , अमेरिका, एडिबी , इयु र विश्व बैंकको नेपाललाई ठुलो सहयोग
काठमाडौं, असार १० । भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन काठमाडौंमा ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । बिहान आठ बजेपछि सुरु भएको सम्मेलनमा सबैभन्दा पहिले राष्ट्रिय गीत, भूकम्पबाट निधन भएकाप्रति मौनधारण र भूकम्पबाट अधिक प्रभावित क्षेत्र तथा क्षतिग्रस्त भौतिक संरचनाको दृश्य समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
भूकम्प आउँदा र आइसकेपछिको नेपालको दृश्य देखेर सम्मेलनमा उपस्थित सबै भावुक भएका थिए । वृत्तचित्र प्रदर्शनपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागत गर्नुभयो । त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गरी क्षतिको अवस्था र सम्मेलनबाट गरिएको अपेक्षाबारे बोल्नुभयो । लगत्तै अर्थ मन्त्री डा.रामशरण महतले सम्मेलन आयोजना गर्नुको कारणबारे सम्बोधन गर्नुभयो । सम्मेलनमा भाग लिन आउनुभएका मन्त्रीहरुको सम्बोधनपछि पहिलो सत्रको कार्यक्रम सकिनेछ ।
सम्मेलनको दोस्रो सत्रको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक मन्त्री महतले गर्नुहुनेछ । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ (पिडिएनए) प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका लागि सरकारले ६ खर्ब ६९ अर्ब रुपैंया आवश्यक पर्ने क्षेत्रगत विवरणयुक्त पिडिएनए प्रतिवेदन तयार गरेको छ ।भूकम्प आउँदा र आइसकेपछिको नेपालको दृश्य देखेर सम्मेलनमा उपस्थित सबै भावुक भएका थिए । वृत्तचित्र प्रदर्शनपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागत गर्नुभयो । त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गरी क्षतिको अवस्था र सम्मेलनबाट गरिएको अपेक्षाबारे बोल्नुभयो । लगत्तै अर्थ मन्त्री डा.रामशरण महतले सम्मेलन आयोजना गर्नुको कारणबारे सम्बोधन गर्नुभयो । सम्मेलनमा भाग लिन आउनुभएका मन्त्रीहरुको सम्बोधनपछि पहिलो सत्रको कार्यक्रम सकिनेछ ।

यो प्रतिवेदनसम्मेलनमा प्रस्तुत हुनेछ । अर्थ सचिव सुमनप्रसाद शर्माले कार्यक्रममा स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनका विषयमा जानकारी दिएपछि पिडिएनएमाथि छलफल हुनेछ । दिउँसो १ बजेदेखि पुनःनिर्माणका सम्बन्धमा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ भने त्यसपछि ३ः०० बजेसम्म सहभागीहरुलाई प्रतिबद्धता जनाउन दिन समय उपलब्ध गराइनेछ ।
दिउँसो ३ः३० बजेदेखि सुरु हुने प्राविधिक सत्रको सहअध्यक्षता आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा र जापानका यासुमासा नागानीले संयुक्त रुपमा गर्नुहुनेछ । यस सत्रमा आयोगका सदस्यद्वय डा गोविन्द नेपाल र स्वर्णिम वाग्लेले ‘पुनःनिर्माणका लागि दीर्घकालीन कार्यसूची र रणनीति’ बारे प्रस्तुति दिनुहुनेछ । जाइकाका अध्यक्ष अकिहितो तानाकाले ‘बिल्ड ब्याक बेटर’ मा आधारित पुनःनिर्माण र तकिया किमियोले सहरी पुनःनिर्माण सम्बन्धमा आफ्नो प्रस्तुति दिनुहुनेछ । त्यसपछि विश्व बैंकद्वारा तयार पारिएको ‘ग्रामीण बसोबास’सम्बन्धी प्रस्तुति पेस गरिनेछ ।
त्यसपछिको छलफलसँगै यस सत्रको समापन हुने अर्थमन्त्रालयले जनाएको छ । दिउँसो ४ः५० सुरु हुने दोस्रो चरणको प्राविधिक सत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र भारतका पिके मिश्रले संयुक्तरुपमा सहअध्यक्षता गर्नु हुनेछ । यस सत्रमा गृहमन्त्रालयको ‘खोजी, उद्धार र राहत’ तथा भारतका डा वेन्काटेक्लम थिरुप्पुगजबाट ‘विपद् व्यवस्थापन र क्षमता अभिवृद्धि’सम्बन्धी प्रस्तुति हुनेछ । त्यसैगरी, सम्मेलनको अन्त्यमा एसियाली विकास बैंकको ‘सार्वजनिक सेवा’सम्बन्धी प्रस्तुति हुनेछ । त्यसपछि छलफल भई सहअध्यक्षको मन्तव्यसँगै अपराह्न ५ः५० बजे सम्मेलन सम्पन्न हुनेछ । सम्मेलनमा तीन खर्ब रुपैयाँको हाराहारीमा सहायता रकम प्राप्त हुने सरकारले अपेक्षा गरेको छ ।
भारतको सहयोग
भारतले नेपालको पुननिर्माणमा १ खर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्पपछिको पुनस्थापना र पुननिर्माणमा सहयोग जुटाउन काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले सहयोग घोषणा गरेकी हुन् । भारतीय विदेशमन्त्री स्वराजले भूकम्पपछिको विपदमा नेपाल एक्लै नरहेको बताइन् ।
चीन
चीनले नेपालको पुनर्निर्माणको लागि झन्डै ७६ अर्ब रूपैयाँ रकम सहयोग गर्ने भएको छ ।
जापान
जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने घोषण गरेको छ ।
नर्वे
नर्वेले १० अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ।
अमेरिका
यसै गरि नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले राजधानीमा आयोजित दाता राष्ट्र सम्मेलनमा बोल्दै अमेरिकाले पुनर्निर्माणका लागि १३ अर्ब रूपैयाँ सहयोग पुर्याउने घोषणा गरेका छन् । राजदूत बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश पढ्दै नेपालको पुनर्निर्माणमा अमेरिकाले दिने सहयोग रकम घोषणा गरेका थिए ।
एडिबी
एडिबीले भूकम्पपछिको पुननिर्माणका लागि ६० अर्बसम्म पुर्याउन सकिने घोषण गरेको छ । उसले अहिले २५ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गर्दै , २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणका लागि सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान प्रदान गर्ने भएको हो ।
युरोपियन युनियन
यस्तै पुननिर्माणका लागि युरोपियन युनियन (इयु) ले नेपाललाई ११ अर्ब रूपैयाँ अनुदान दिने घोषणा गरेको छ।
विश्व बैंक
यसै गरि नेपालको पुनर्निर्माणका लागि विश्व बैंकले २० अर्ब पुर्वाधार निर्माण र १० अर्ब बजेटमा सहयोग गर्ने घोषणा गर्दै ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने बताएको छ । विश्व बैंकका अध्यक्षले सम्बोधन गरेको भिडियो सन्देश मार्फत विश्व बैंकले उक्त सहयोगको घोषणा गरेको हो ।
