Header Ads

एक जनाले ९६ वर्षको उमेरमा विहे गरेपछी

काठमाडौं । हाम्रो समाजमा एउटा भनाई यसरी भनिन्छ बिहेबारी, २० वर्ष पारी । तर तेस्तै एउटा खबर सार्बजनिक बह्येको छ ।  कैलालीको पथरैया गाविसका एक जनाले ९६ वर्षको उमेरमा विहे गरेका छन ।

पथरैया गाउ विकास समिति वडा नम्बर ७ जगतपुरका हरि प्रसाद चौधरीले ९६ वर्षको उम्मेरमा विवाह गरेको भन्दै गाउका सबैलाई बोलाएर भोज खुवाएका छन् । उनले धेरै उम्मेरसम्म बाचेर ५ पुस्ता देख्न पाएको भन्दै खुशीयाली स्वरुप उनले गाउलेहरुलाई भोज खुवाएका हुन् ।

थारु चलन अनुसार ५ पुस्ता हेर्न नहुने भएकोले नया जन्म भएको भोज खुशीयाली नगरेसम्म झनाति हेर्न नहुने भएकोले नया बच्चा जन्मे सरह खुशीयाली गरेर बाजेले झनाति हेरेका हरिप्रसादका नाति जीतबहादुर चौधरीले बताए ।

उनले भने-’बाजेको विहेमा गाउले इष्टमित्र बोलाएर भोज खुवाउदा करिब ४० हजार जति खर्च भयो ।’ बाजेकै आग्रहमा उनको विहे गरिएको उनले भने-’नयाँ दुलही कोही पनि होइन पुरानै बजैको सम्झना गरेर झनाति हेर्न उनको विहे भोज खुवाइएको हो ।’
Powered by Blogger.