पूर्वलडाकूले हतियार धितो राखेर यसरी लिए ऋण !
काठमाडौं । माओवादीका पूर्वलडाकु विनोद कट्टेलले ऋण लिएको एक लाख रुपैयाँ बुझाउन नसकेपछि द्वन्द्वकालमा प्रयोग गरेको हतियार बन्धकी राखेको रहस्य पत्ता लागेको छ ।
गत जेठ २७ गते सशस्त्र प्रहरीद्वारा हतियारसहित पक्राउ परेका गोंगबुका दुर्गासिंह गुरुङमाथि प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो । स्रोतका अनुसार हतियार बरामद भएको समयमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई हतियार र अभियुक्त बुझ्न आग्रह गरेको थियो ।

यसको जानकारी उपत्यका प्रहरी प्रमुख एआईजी विज्ञानराज शर्मासम्म पुग्यो । शर्माले कानुनी प्रक्रिया पूरा गरेर हतियार बुझ्नु भनेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्चार्ज डीएसपी सानुराम भट्टराईको टोली पुगेर मुचुल्का गरी हतियार बुझेको थियो ।
गुरुङलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दा कट्टेलले जेठ २७ गते फोन गरेर ‘हतियार ल्याइदेऊ, पैसा लैजाऊ’ भनेर गोंगबुको एक चियापसलमा बोलाएको रहस्य खुलेको थियो । गुरुङको दाबी फोन डिटेल्समा भिडाउँदा मिलेको प्रहरीले जानकारी दियो । आफूले दिएको ऋणको रकम फिर्ता पाउने आसमा पाइन्टको खल्तीमा सामान्य हिसाबले हतियार राखेर जाँदै गरेका गुरुङलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
स्वचालित हतियारसहित पक्राउ परेका गुरुङलाई वृत्तमा ल्याएर अनुसन्धान गर्दा उनले उक्त हतियार आफ्नो नभएको र पूर्वलडाकु कट्टेलको रहेको बयान दिएका छन् । अन्नपूर्णपोस्ट् दैनिकमा खबर छ ।