सुसाइड नोट लेखेर सर्वोच्चका पूर्व न्ययाधीशले आत्महत्या गरे - Hot Issue/Breaking News
काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा वरिष्ठ न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । उनले सोमबार बिहान ज्ञानेश्वरस्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।
सर्वोच्च अदालतबाट अबकास पाए पछि वकालत गर्न नपाएको तनाबले गर्दा उप्रेतीले आत्महत्या गरेको हुन सक्ने समाचार स्रोतले न्युज अभियान डट कमलाई बताएको छ ।
सुवाइड नोट समेत लेखेर आत्महत्या गरेका उप्रेतीले आफुले सहि र गलत दुबै काम गरेको भन्दै मर्न इच्छा लागेको लेखेको स्रोतले बतायो । सुसाइड नोटमा उनले आत्महत्यालाई ‘इच्छा मृत्यु ’ भनेपनि मर्न चाहनुको प्रष्ट कारण भने उल्लेख छैन् ।
न्याय सेवाका विभिन्न घटना परिघटनाको समेत स्मरण गरिएको बताइएको छ । उनको शब अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उच्च छबी रहेका उप्रेतीलाई सर्वोच्च अदालतमा स्थायी न्यायाधीश गराउनु पर्ने आवाज सञ्चार माध्यम तथा नागरिक समाजले उठाएको थियो ।
राजनैतिक भागबण्डामा उप्रेती नपरे पछि थप चिन्तामा परेको उप्रेती निकट उच्च स्रोतले नाम उल्लेख नर्गे सर्तमा न्युज अभियान डट कमलाई बताएको छ ।
पछिल्लो समय पूर्व न्यायाधीश उप्रेती ल क्याम्पसमा करार कानुन बिषय अध्यापन गराउदैँ आउनु भएको थियो । - See more at: http://www.newsabhiyan.com