Header Ads

अभिभावक गुमाएका केटाकेटीहरु पीडा यस्तो छ

सिन्धुपाल्चोक । भूकम्पले अभिभावक गुमाएका तथा घाइते भएका बालबालिकाले हिजोआज अभिभावकले गर्ने पेसालाई निरन्तरता दिन थालेका छन् । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गते आएको शक्तिशाली पराकम्पनबाट घाइते भएका तथा निधन भएका केटाकेटीमाथि अभिभावकले गर्ने कामको बोझ समेत थपिएको छ ।

सिन्धुपाल्चोक कदमबास–३ जितपुरकी १८ वर्षीया युनिता तामाङको भूकम्पमा परी बुबाआमा दुवैको ज्यान गएको छ । उनको बुबाआमाको निधनको पीडासँगै गाईवस्तुको हेरचाह गर्ने साथै खेतीपातीलाई निरन्तरता दिएकी छन् । उहाँले भन्नुभयो–“वैशाख १२ गते भूकम्प आउँदा गाईवस्तुलाई पानी खुवाउँदै थिएँ ।
बुबा खाना खाएर कोठामा सुत्न जानुभएको थियो आमा बिरामी भएकाले घरभित्रै हुनुहुन्थ्यो भूकम्प आउनासाथ घर लडेर आमाबुबालाई किचिहाल्यो झिक्न जान सकिन, पछि गाउँले आएर झिक्दा त बुबाआमा दुबै बितिसक्नुभएको रहेछ ।” आमाबाबुकी कान्छी छोरी युनिताको बुबाआमाको निधनसँग टुहुरो बनेकी छन् । उनका दिदीहरुको विवाह भइसकेको र दाजुहरु आफ्नै पेसा गरेर बसेकाले उनी अहिले एक्लै छिन् ।

गाउँकै स्कुलमा कक्षा ११ मा पढ्दै गरेकी युनिता बुबाआमाको निधनसँगै पढ्ने इच्छा मरेर गएको बताउँछिन् । सोही गाउँको गोलमादेवी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने १४ वर्षीय छिरिङ लामाको व्यथा पनि उस्तै छ । आमा पहिल्यै बित्नुभएकी र बुबालाई भूकम्पले गम्भीर घाइते भएपछि बुबाले गर्ने काम गरेर बस्नुपरेकोे छ ।

उनको बुबालाई उपचारका लागि धुलिखेल अस्पतालमा लगेकाले घर बसेर बुबाले गर्ने काम गर्नुपरेको बताए । उनले भने “भूकम्पले सबै विद्यालय बन्द छ गाईवस्तु चराउन जानेदेखि दाउरा चिर्ने काम गर्ने गरेको छु ।” जितपुर–२ का राजन भारतीका पनि भूकम्पले ठूलीआमा र भाउजूको निधन भएको छ । “भूकम्पको दिनमा सिन्धुपाल्चोक चौतारा गएका थियौँ ।

एक्कासि भूकम्प आयो मोवाइलको टावर टिप्न छाड्यो गाउँमा के भएको होला भनेर तीन घन्टा लाग्ने बाटो एक घन्टामा आइपुगेँ घरमा रहनुभएकी ठूलीआमा र भाउजू घर ढलेर पुरिनुभएको रहेछ झिक्न ढिला हुँदा उहाँहरुको ज्यान गयो”–भारतीले भने ।
Powered by Blogger.