यसकारण ढलेका रहेछन् काठमाडौंका घर
काठमाडौं । मान्छेको जीवनको अभिन्न अंग मानिन्छ घर । एउटा घर बनाउन मान्छेले जीवनभर मेहनत गरेको हुन्छ ।
त्यस्तो मेहनतले बनाएको घर इन्जिनियरिङका सामान्य सिद्धान्त पालना नगर्दा गल्र्यामगुर्लुम ढले । घर निर्माणमा घरमालिक, इन्जिनियर र ठेकेदारले गरेका गल्तीले यसपटकको भूकम्पमा ठूलो जनधनको क्षति भयो ।
भूगर्भ इन्जिनियर डा. रञ्जनकुमार दाहाल शनिबार बिहान भक्तपुरको गुन्डु बसपार्कनजिक अनिरुद्र थापाको घर जाँच्न गए । महाभूकम्पले आफ्ना घर धरापमा परेको जानकारी दिएपछि तीनजना इन्जिनियरसहित गुन्डु पुगेका दाहाल घरको इन्जिनियरिङ देखेर छक्क परे ।
तीनतले घरको भ¥याङ छोप्न बनाइएको ढलानको स्ल्याब उछिट्टिएको छ । घर जाँच्न जाच्दा थाहा पाए, बिम नै नबाँधी होचाअग्ला पिलरमाथि रड ओछ्याएर भ¥याङ छोपिएको रहेछ । ‘यस्ता घर कति बनाइयो–बनाइयो । बिमसिम चाहिँदैन’, ठेकेदारको भनाइ उद्धृत गर्दै दाहालले सुनाए ।
क्षति पुगेका घरको अनुगमनमा खटिएका इन्जिनियरहरुका अनुसार ठाउँअनुसारको डिजाइननै छैन । एक ठाउँका लागि बनाइएको डिजाइन अर्काे ठाउँमा जस्ताको तस्तै उतारिएको छ ।
निर्माणस्थल हेरेर भूबनोटअनुसार कता फर्किएका कस्ता घर बनाउने भन्नेमा कसैले ध्यान दिएकै छैन । -अन्नपूर्णपोस्ट् दैनिकबाट