नेपाल रोइरहेको बेला इजरायली टीमको सहयोग – फोटो भिडियो सहित
काठमाण्डौ, उद्धव तमाङ । गत शनिबार ११:५६ बजे एक्कासी विनाशकारी महाभुकम्प गएपछि यति बेला नेपाल देश नै रोईरहेको छ । महाभुकम्प पछी सारा बिस्वको ध्यान भने नेपाल केन्द्र बिन्दु भैईरहेको छ । विदेशी राष्ट्रबाट सहयोगका लागि राहत र उद्धार टोलि नेपालमा आई रहेका छन् । यसै गरी गत हप्ता इजरायली एक टिम पनि नेपाल आइपुगी सकेका छन् ।
उनीहरु विशेष गरी भुकम्पबाट प्रभावित भएका जनमानसको स्वास्थ्य उपचार गर्नाका लागि आएको बताए । टिमका कोर्डिनेटर लिविभाईसले जानकारी दिएअनुसार उनीहरुको टिममा ४४ जना डाक्टरसहित जम्मा ४०० जना स्वयमसेवकहरु आएका छन् ।
र अहिले काठमाडौंको छाउनी हस्पिटलको पार्कस्थलमा अस्थाई शिविर खडा गरी सेवा दिईरहेका छन् । अहिले सम्म ४०० जना विमारीलाई उपचार गराईसकेका छन् । भने ५० जनाको अप्रेशन समेत गरिसकेको लिविभाईसले बताइन । अन्य ६ जना महिलाहरुलाई सुत्केरी समेत गराइएको बताइन् । यस अस्थायी शिविरमा हाल इमरजेन्सी वार्ड, अप्रेशन रुम, आइसीयु, एक्सरे, कसरत गर्ने ठाउँ, मनोरञ्जन कक्ष, अर्थोपेडिया लगायतका सुविधा उपलब्ध छन् ।
यि सारा शिविर संचालनका निमित्त आवश्यक सम्पूर्ण प्रविधिका सिस्टमहरु ईजरायल देखि नै लिएर आएका न्युज अभियान डट कमलाई टिमका कोर्डिनेटर लिविभाईसले बताइन् । उनीहरु आफै पनि खुल्ला आकासमुनि त्रिपाल टागेर यसरी राहत स्वरुप भूकम्प बाट पीडित सार्वसाधारण नेपालिलाई स्वास्थ्य सेवा दिन पाउँदा खुशी समेत व्यक्त गरिन् ।
हेर्नुहोस तलको फोटो फिचर : फोटो / भिडियो : उद्धव तमाङ/न्यूज अभियान डट कम ।
भिडियो रिपोर्ट हेर्नुहोस !
