Header Ads

चिनिया लामा बौद्ध फण्डेशनको सहयोग दुर्गमका पिडितलाई -भिडियो रिर्पोट

सिन्धुपाल्चोक । गत शनिबार ११ः५५ मा गएको महाभूकम्पले अति प्रभावित क्षेत्र सिन्धुपाल्चोकका कयौं गाउँ बस्तीमा अझै सरकारी राहत पुग्न सकेको छैन । चिनिया लामा बौद्ध फण्डेशनका अध्यक्ष श्री रोशना लामाको सकृयतामा सिन्धुपाल्चाकका विभिन्न स्थानमा राहत वितरण गरिएको छ ।

उच्च सहयोगी मन भएका रोशना लामा जीले चाईनाबाट सामानहरु मगाएर सिन्धुपाल्चोकको विकट गाउँ बस्तीमा पहिलो चरणमा टेन्ट र म्याट साथै केही खानेकुराहरुको वन्दोबस्त गरेको हो ।

अध्यक्ष रोशनामको सकृयतामा हेलम्बुमा हेलिकप्टर मार्फत सहयोग पु¥याएकी थिईन भने प्रेम लामा र संस्थाको कानूनी सल्लाहकार राजेन्द्र रेग्मी ज्यूहरुको नेतृत्वमा मेलम्चिका दुई स्थान मा र सागर श्रेष्ठको नेतृत्वमा सिन्धुपाल्चोकको जंगलछापमा पहिलो चरणको सहयोग हस्तानतरण गरिएको हो ।

यस कार्यक्रमलाई सफल बनाउनको लागि मिडिया पाट्नरको रुपमा न्यूज अभियान डटकमले प्रशंसनिय कार्य गरेको थियो ।
Powered by Blogger.