Header Ads

गुगल बेबी आदित्यले भने- ’नआत्तिनु पिएमज्यु, तपाईँका ईच्छा पूरा हुनेछन्’

काठमाडौं, जेठ ४ । अद्भूत क्षमता भएका बालक आदित्य दाहालले प्रधानमन्त्री सुशिल कोइरालालाई भेट गरि अहिलेको संकट छिट्टै अन्त्य हुने भविष्यवाणी गरेका छन् ।

 आइतबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेका आदित्यले प्रधानमन्त्रीलाई तपाईको ईच्छा पुरा हुनेछन् पनि भनेका छन् । भेटका क्रममा आदित्यले प्रधानमन्त्रीलाई ’नआत्तिनु, अब देशले काँचुली फेर्ने छ, तपाईँका ईच्छा पूरा हुनेछन्, पिएमज्यु’ भनेका हुन् ।

भूकम्प पीडितलाई सहयोग गर्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आदित्यका आमाबुबाले आदित्यसहित प्रधानमन्त्री कोइरालालाई भेट गर्न पुगेका थिए । बोल्न नसक्ने साढे ४ वर्षका बालक आदित्यका पीताले प्रधानमन्त्रीलाई केही सोध्न मन छ भने सोध्नुस भनेका थिए ।

त्यसपछि कोइरालाले आफ्नो नेतृत्वमा मुलुकमा, स्थायित्व, लोकतन्त्र र विकास कायम होस् भन्ने इच्छा व्यक्त गर्दा आदित्यले छिटै इच्छा पुरा हुने जवाफ लेखेर दिएका थिए । प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार आदित्यका आमाबुबाले आदित्यको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले भने आफूले फुर्सद मिलाउन नसकेर आदित्यलाई भेट्ने रहर हुँदा पनि भेट्न नसकेको बताएका थिए ।
प्रधानमन्त्री सुशील कोइरालाको अनुरोधमा यस्तो लेखे आदित्यले
 नआत्तिनू ।
 यो अनिष्ट केही समयमा टर्नेछ ।
अनि मुलुकले काँचुली फेर्नेछ ।
 हजूरका इच्छा पूरा हुने छ ।
 पीएम ज्यू !’
Powered by Blogger.