राम्ररी नबुझी विवाह गर्दा यसरी फसे म ... कल्पना !
कल्पना दर्जी ( सिखा) - घर परिवारले मेरो बिहे १८ वर्षको उमेरमा गरिदिए, त्यो पनि नचिनेको मान्छेसँग । २०७० साल वैशाखमा आमाको आफन्त सानिमाको भान्जाले मलाई मागी बिहे गराइदिएका हुन् । मागी बिहे गरेका हामी एकअर्कालाई चिन्ने प्रयास मै थियौ । नयाँ ठाउँ, नयाँ मान्छे अनि नयाँ परिवेश हामी घुलमिल हुँदै थियौं । खुसी साथ बित्दै थियो हाम्रो दिन । तर अहिले त्यो सबै बदलिएको छ । अहिले घरका सदस्यको कहाँ छन् केही थाहा छैन ।
मेरो बिहेपछि म श्रीमान, सासु, ससुरा, एक जना देवर र एक जना नन्दसँगै बस्न थाले ।
मेरो श्रीमान पनि रोगजारीको लागि मलेसिया जानुभएको छ । पहिले बहराइन जानुभएका उहाँ बिहेको दुई महिनापछि मलेसिया जानुभयो । श्रीमान विदेश जाने भएपछि घरपरिवारकै सल्लाहमा म माइत गए । श्रीमानले नै मलाई माइतीसम्म पुराइदिएको हो । त्यसपछि समय समयमा फोन गर्ने घरका सदस्य अहिले कहाँ के गर्दैछन्, केही थाहा छैन । मलाई बिहे गर्दा मोरङ वरगाछीमा भाडामा वसेका उनीहरुको जग्गाजमिन भएपनि कता कति छ भन्ने थाहा छैन । उनीहरु किन हराए के भयो यो बीचमा केही थाहा छैन ।
मेरो श्रीमान पनि रोगजारीको लागि मलेसिया जानुभएको छ । पहिले बहराइन जानुभएका उहाँ बिहेको दुई महिनापछि मलेसिया जानुभयो । श्रीमान विदेश जाने भएपछि घरपरिवारकै सल्लाहमा म माइत गए । श्रीमानले नै मलाई माइतीसम्म पुराइदिएको हो । त्यसपछि समय समयमा फोन गर्ने घरका सदस्य अहिले कहाँ के गर्दैछन्, केही थाहा छैन । मलाई बिहे गर्दा मोरङ वरगाछीमा भाडामा वसेका उनीहरुको जग्गाजमिन भएपनि कता कति छ भन्ने थाहा छैन । उनीहरु किन हराए के भयो यो बीचमा केही थाहा छैन ।

तर कहिलेकाहीँ मेरो परिवारले दाइजो नदिएको अनि म पनि जागिरे नभएको भन्ने गर्थें । सुन्छु ससुरा जेठी श्रमतीसँग गोरखामा बसेका छन् रे । अरु कता छन् केही थाहा छैन । ६ जनाको परिवारमा हुर्किएकी म, घरकी जेठी छोरी । बुबा, आमा, एकजना दाई, दुईजना बहिनी र म गरी ६ जनाको परिवार आर्थिक हिसावले कमजोर भएपनि हामी खुसी थियौं । दाई रोजगारीको लागि मलेसिया जानुभएको छ । बुबा पनि पहिला साउदी जानुभएको थियो । अहिले कपडा सिलाउने काम गर्नुहुन्छ । आमाले बुबालाई सघाउनुहुन्छ ।
दुइ जना बहिनी १० कक्षामा पढ्दैछन् । यो मेरो पारिवारिक पाटो भयो । हामी हिन्दु भएपनि मलाई बिहे गर्ने परिवार क्रिश्चियन रहेछ । यो कुरा बिवाहपछि मात्रै मलाई थाहा दिइयो । तैपनि नहुनु विवाह भइसक्यो भनेर मैंले चित्त बुझाएँ । खुशीसँगै जीवन बिताउँछु भनेर यसलाई स्वीकारेकी थिएँ । तर अहिले श्रीमानले पनि अब हामी दुई जनासँगै बस्न नसक्ने भन्न थाल्नुभएको छ । पहिले बुबासँग दाइजो बिहेपछि दिने कुरा भएको थियो रे । श्रीमानको घरपट्टिकाले हामी दुई अब छुट्टिएर बस्नुपर्छ भन्न थालेका थिए । मेरो माइती पक्षकाले नमानेपछि उनीहरु त्यसमा सफल भएनन् । अहिले म मेरो बुबा आमासँग बस्छु ।
मेरा श्रीमानले फोन पनि गर्न छोडेका छन् । हामीले गरेको फोन पनि उठ्दैन । अन्यौलमा रहेकी म, माईती नेपालको साथ पाएपछि बाटो पाएकी छु जीवन जीउँने । एकजना दिदीले माइती नेपालमा कटीङ्ग तालिम खुलेकाले सिप सिक्न सल्लाह दिनुभयो । त्यही सल्लाह अनुसार मैले माइती नेपालको इटहरी कार्यालयमा सिलाई तालिम लिइरहेकी छु । तालिम सकिएपछि टेलर खोलेर बुबाको काममा सहयोग गर्ने सोच बनाएकी छु । अझ डिजाइनिङ्ग पनि सिक्ने मेरो सपना छ । जीवनमा अन्यौल सिर्जना भएको बेला मलाई यो सीप सिकाइदिएकोमा माइती नेपाललाई धेरै धन्यवाद दिन्छु ।
अनि सबै दिदीबहिनीलाई राम्ररी चिनजान नभइकन, नबुझिकन जहाँ पायो त्यही विहे नगर्न सल्लाह दिन्छु । अन्जान व्यक्तिसँग विवाह गरेर मैले जुन दुःख भोगे, त्यो अरुले नभोगुन् । योसँगै जीवनमा दुख र सुख त भइहाल्छ । एउटा बाटो बन्द भएपनि अरु खुलै हुन्छन् हरेस नखाऔ भन्न चाहान्छु । संभावनाका बाटाहरु धेरै छन् त्यसलाई खोजौं र जीवनमा बाँच्न सिकौं ।-स्रोत/उज्यालो अनलाइन
