Header Ads

कतारमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु

कतार । कामदार बोकेको माइक्रो दुर्घटना हुँदा चार जना कामदारको बुधबार बिहान कतारमा मृत्यु भएको छ । जसमा दुई जना नेपाली र दुई जना फिलिपिनो रहेका छन् । त्यसबाहेक अर्को छुट्टै घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिजा खनालको मृत्यु भएको छ । दुई जना नेपाली कामदारको हमाद अस्पतालमा उपचार भइरहेको छ । त्यसमा दुबै जनाको अवस्था गम्भीर छ । उनीहरु इम्को इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए ।

डिउटीमा जानेक्रम ट्रकसँग ठोकिदा कतारको खररा क्षेत्रमा दुर्घटना भएको हो । मृत्यु भएका सब  ऑल वक्रा  स्थित अस्पतालमा राखिएको छ । नेपाली दूतावासका श्रम सहचारी लिलानाथ दाहाल र जनसम्र्पक अधिकृत ताजले गम्भीर भएका घाइतेहरुको अबस्था बुझ्न हमाद अस्पताल पुगेका थिए । सामान्य घाइते भएकाहरुलाई भने वक्रा अस्पतालमा राखिएको छ ।
मृत्यु भइसकेका सबैको पुरा विवरण खुलिनसकेको श्रम सहचारी दाहालले बताए । ‘हामीले थप विवरण बुझ्ने काम भइरहेको छ’, उनले भने,’कम्पनीलाई सबै विवरण पेश गर्न अनुरोध गरेका छौं ।’ अर्को फरक फरक दुर्घटनामा भक्ते कामी र सनी चमारको मृत्यु भएको छ ।

त्यस्तै भीमप्रसाद पोखरेल र रेवता नेपालीले आत्महत्या गरेका छन् । रहमान गुर्मा, रामबाबु लामा, मनोज राय हरिनी हृदयघात भएर मृत्यु भएको छ भने शिवहादुर तामाङ अल्लो स्थानबाट खसेर मृत्यु भएको छ ।

 ‘उनीहरुको शव छिटो पठाउने ब्यबस्था गर्न कम्पनीलाई अनुरोध गरिएको छ,’ दाहालले भने । ती शव हमाद अस्पतालमा राखिएको छ ।
Powered by Blogger.