सरकारको विश्वास छैन : महा नायक हमाल
काठमाडौं । नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले सरकारको विश्वास नभएको बताएका छन् । केही दिन अगाडि हमालसहित केही चर्चित अनुहारलाई नेपाल सरकारले बोलाएर ‘प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोष’मा रकम जम्मा नभएको भन्दै सहयोगका लागि अपिल गरेको थियो ।
तर, त्यसको केही दिनसम्म मौन बसेका हमालले सरकारलाई शंकाको सुविधा दिन आग्रह गरेका हुन् । उनले सरकारलाई ‘वेनिफिट अफ डाउट’ दिन आग्रह गरेका हुन् । रकम प्रभावितसम्म पुग्ने एउटा मात्र आधार भनेकै सरकारी संयन्त्र भएको भन्दै उनले प्रधानमन्त्री दैविक प्रकोप कोषमा नै रकम जम्मा गरेर सरकारलाई हेर्न आग्रह गरेका हुन् ।
हमालले एक कार्यक्रममा भने-‘हो, हामीलाई सरकारको विश्वास छैन, किनकी अहिलेसम्म सरकारले अविश्वासिलो काम नै गरेको छ । तर, सरकारी कोषको विकल्प छैन ।’ हमालले एनजिओ र आइएनजिओमा रकम प्रदान गर्दा पनि त्यो रकम धेरै कटौती भएर आउने बताए ।
प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गर्ने उद्देश्यले एड्मायर नेपालले सुरु गरेको ‘एक अभियानमा’ हमालले सरकारमाथि सबैलाई शंका लागेकाले नै रकम जम्मा हुन नसकेको बताए ।