Header Ads

संगीतको माध्यमबाट बालबालिकाहरुको मनोबल बढाउदै

काठमाडौँ । विनासकारी महा भुकम्प पिडित बाल बालिका हरु को लागि सुरशाला म्युजिक एकेडेमी ले उपत्यका का विभिन्न सिबिर मा पुगी बाल मैत्री साङितिक कार्यक्रम गरि गित संगीत को माध्यम बाट कलिला बाल बच्चा हरु को मानसिक तनाब कम गराउदै उनि हरु लाइ हौसला बाडिरहेको छ । भनिन्छ गित संगीत ले मानिस को हर दुख भुल्न सहयोग गर्छ संगीत को धुन ले मानिस लाई उर्जा प्रदान गर्छ यहि सिल सिला मा गायक अमृत क्षेत्रि आफ्नो सुरशाला म्युजिक एकेडेमी बाट पिडित लाइ संगीत को माध्यम बाट भोलि को दिन मा बाल बच्चा लाइ पर्ने मानसिक असर लाइ कम गर्न को लागि दिन रात ब्यस्त हुनु हुन्छ ।

पन्ध्र वटा भन्दा बढी देशका बालबालिका देखि युवा अनि वृद्ध सम्मलाइ संगीतमा गायन, नृत्य र बाद्यबादन को प्रशिक्षण गर्दै आएको सुर शाला म्युजिक एकेडेमी को यस संगीत यात्रा ललितपुरको झम्सिखेल देखि शुरु भएर ललितपुर,काठमाण्डौ र भक्तपुरका विभिन्न भुकम्प पिडित बालबालिकाहरुलाई संगीतको माध्यम द्वारा उनीहरुको मानसिक पिडा, डर तनाबलाइ कम गर्दै उनीहरु लाइ प्रतक्ष्य मनोरंजन गराई बालबालिका लाइ संगीत को माध्यम बाट उर्जा बढाई भयमुक्त बनाउन सहयोग गर्दै आएको छ l

जसमा अहिलेसम्म झम्सिखेल, भैंसीपाटि, खोकना, बुग्मति, टुडिखेल का विभिन्न ठाउहरुका करिब पाँच सय भन्दा बढी महा भुकम्प पिडित बालबालिकाहरुले यसको प्रतक्ष्य लाभ उठाइसकेका छन् । यस संगीतको यात्राको सम्पूर्ण ब्यबस्थापन गायक तथा सुरशालाका सस्थापक अमृत छेत्रीले गरेका छन् l यसमा कार्यक्रम मा सहभागीहरु सुरशालाका प्रतिभावान छात्र छात्राहरु, सुरशालाका सहयोगी हातहरु,गायक गायिका र कलाकारहरु,छन l

अहिले सम्म चर्चित गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, अमृत छेत्री, नरहरि प्रेमी, कमल खत्री, डोल्मा शेर्पा, रानी ढकाल, ध्रुब तामांग हरुले भुकम्प पिडित बालबालिकाहरुलाई संगीतको माध्यम बाट हौसला प्रदान गरि सकेका छन l अब यो यात्रा निरन्तर रुपमा भुकम्प पिडित बालबालिकाका लागी चलि रहनेछ छ र यसमा धेरै भन्दा धेरै राष्ट्रिय ख्याती प्राप्त गायक गायिका, कलाकारहरु ले भाग लिनु हुनेछ l यस महाभूकम्पमा पिडित बालबालिकाहरुका लागी काम गर्ने संघ संस्थाहरु संगठन हरु देश का कलाकार हरु या कुनै पनि इच्छुक व्यक्ति हरु कोहि हुनु हुन्छ भने उहा हरुले यस सुरशाला संगीत यात्राको सहयोग लिन सक्नुहुनेछ भन्दै सुरशाला परिवार अपिल गरेको छ l

यस सांगीतिक यात्राको मुख्य उदेश्य बाल बालिका हरुलाई जोशिला, रमिला शान्ती र राष्ट्र भाव बोकेका गीतहरु सिकाएर, सुनाएर उनीहरुलाई नै गाउन लगाउने र उनीहरुको मानसिक पीडा लाई कम गरि उनीहरु को मनोबल बढाउने हो। यस भुकम्प पिडित सांगीतिक यात्रा मा राष्ट्रिय स्तरका विभिन्न कलाकार हरु ले पनि पिडित बाल बच्चा हरु लाइ संगीत को माध्यमबाट मनोबल बढाउने, मनोरंजन दिने र हौसाला प्रदान गर्ने काम गर्नु भएको छ र गरि रहनु हुनेछ l

यसका साथ् साथै सुरशाला म्युजिक एकेडेमी ले नया उर्जाशील गीत बनाएर पनि गाउदै बाल बालिका हरु लाइ उच्च मनोबल बढाउने काम गर्दै आएको गायक अमृत क्षेत्रि बताउनु हुन्छ। चर्चित उद्घोसिका तथा सुन्दरी नब गायिका डोल्मा शेर्पा भन्नु हुन्छ यो अहिले को महा भुकम्प ले गर्दा बाल बच्चा हरु देखि सबै मा एउटा डर त्रास को भयाबह स्तिथि आएको छ जसले गर्दा धेरै जसो बालबालिका मा मानसिक असर परेको हुना ले गित संगीत को माध्यम बाट उनि हरु लाइ मनोरंजन गराई भयमुक्त बनाउन लागेको र यस कार्य मा सबै को उतिकै महत्वपुर्ण भूमिका रहने र सबै ले साथ दिनु पर्ने कुरा बताउनु भयो साथै आफ्नो सानो प्रयासले ति निर्दोष बालबालिकाहरुको मुहारमा मिठो मुस्कान ल्याउन पाउदा खुशीको कुनै सिमाना नरहने कुरा बताउनु हुन्छ l

यस भुकम्प पिडित सांगीतिक यात्रा मा मुलुक का सम्पूर्ण कलाकार, गायक गायिका हरु लाइ साथ दिन र बाल बालिका हरु लाइ मानसिक तनाब बाट भयमुक्त गराउन सबै मा गायक तथा सुरशाला म्युजिक एकेडेमी का सस्थापक अमृत क्षेत्रि बताउनु हुन्छ साथै कलाकार भनेको राष्ट्र का कलाकार भएको ले पिडित बाल बालिका को हित मा लागौ भन्दै आफु हरु निरन्तर यात्रा मा लागि रहने कुरा पनि बताउनु भयो l
Powered by Blogger.