किन दुध चुसाएर महिलाहरुले विरोध प्रदर्शन गरे ?
एजेन्सी । विरोधका भिन्न भिन्न शैली हुन्छन्, एस्तै हालै हंगेरीको बुडापेष्टमा महिलाहरुले दुध चुसाएर विरोध प्रदर्शन गरेका छन् । बुडापेष्टस्थित म्याक डोनाल्ड रेष्टुरेन्ट परिसरमा महिलाहरुले यस्तो अनौठो विरोध प्रदर्शनको शैली गरेका हुन् ।
म्याक डोनाल्डले बुधबार रेष्टुरेन्टमा एक जना महिलालाई स्तनपान गराउन रोक लगाएको घटनाको विरोधमा महिलाहरु उत्रिए । दर्जनौँ महिलाहरु बच्चा बोकेर म्याक डोनाल्ड रेष्टुरेन्टमा छिरे, आफ्ना स्तन बाहिर निकाले अनि काखमा राखेको बच्चालाई स्तनपान गराए ।
तर म्याक डोनाल्डले भने महिलाहरुलाई स्तनपान गराउन रोक लगाउने आफ्नो नीति नभएकेा भन्दै सुरक्षा गार्डको कमजोरीका कारण त्यस्तो भएको स्पष्टिकरण्ण दिएको छ । आफुहरुको परिवारमैत्री नीति रहेको भन्दै उसले एक विज्ञप्ती मार्फत स्तनपान गराउने महिलाहरुलाई स्वागत गरेको छ ।
साथै एक महिलालाई स्तनपानमा रोक लगाइएको घटनाको छानविन सुरु भएको पनि जनाएको छ ।
उता स्तनपानमा रोक लगाइएकी महिलाले भने फेसबुकमार्फत आफुलाई गरिएको दुव्र्यवहार बारे खुलासा गर्दै लेखेकी छिन्, ‘मैले रेलबाट आउन लागेकी मेरी दिदीलाई कुरेकी थिएँ ।म्याक डोनाल्डले बुधबार रेष्टुरेन्टमा एक जना महिलालाई स्तनपान गराउन रोक लगाएको घटनाको विरोधमा महिलाहरु उत्रिए । दर्जनौँ महिलाहरु बच्चा बोकेर म्याक डोनाल्ड रेष्टुरेन्टमा छिरे, आफ्ना स्तन बाहिर निकाले अनि काखमा राखेको बच्चालाई स्तनपान गराए ।
तर म्याक डोनाल्डले भने महिलाहरुलाई स्तनपान गराउन रोक लगाउने आफ्नो नीति नभएकेा भन्दै सुरक्षा गार्डको कमजोरीका कारण त्यस्तो भएको स्पष्टिकरण्ण दिएको छ । आफुहरुको परिवारमैत्री नीति रहेको भन्दै उसले एक विज्ञप्ती मार्फत स्तनपान गराउने महिलाहरुलाई स्वागत गरेको छ ।

हुनत मैले घरबाटै स्तनपान गराएर मेरो बच्चालाई ल्याएकी थिएँ । तर निकै गर्मीका कारण बच्चा तिर्खायो र उसको जिउ तातेपछि म बिहानको नौ बजे स्तनपान गराउनका लागि रेष्टुरेन्टभित्र छिरेँ । रेष्टुरेन्टमा वेट्रेससँग सोध्दा दुध चुसाउन पाउने बताएपछि आफु एकान्त ठाउँमा गएर स्तनपान गराउन थालेँ ।
तर एकजना सुरक्षा गार्डले आफुसामु आएर रेष्टुरेन्टमा दुध चुसाउन नपाउने बतायो । ऊ हाकिमसँग सोध्न गयो र पुनः दुध चुसाउन नपाउने भन्दै रोक्नका लागि निर्देशन दिन आयो ।’ उनको यो घटना सामाजिक संजालमा फैलिएपछि आमाहरु आक्रोसित बने र शुक्रबार अकस्मात म्याकडोनाल्ड रेष्टुरेन्टमा दुध चुसाउँदै विरोध प्रदर्शनको आयोजना गरे ।
