Header Ads

कस्तो चमत्कार, यौन सम्बन्ध नै नराखी बच्चा पाउँछन् महिला

एजेन्सी । हामी सबैलाई थाहा छ कि महिला गर्भवती हुनका लागि एक जना पुरुषसँग यौन सम्पर्क हुनै पर्छ । तर अमेरिकामा गरिएको अध्ययनमा महिलाहरुले चमत्कार जस्तो अनुभव सुनाएका छन् ।

आफूले यौन सम्पर्क विना नै गर्भधारण गरेको उनीहरुको दावी छ । पत्याउन समेत गाह्रो पर्ने कुरा त के भने अमेरिकी चिकित्सकहरुले समेत यो कुरालाई स्वीकार गरेका छन् ।

मेट्रो नामक पत्रिकाले प्रकाशित गरेको समाचारमा अमेरिकामा २०० महिलामा एक महिलाले यौन सम्पर्क नै नराखी बच्चा जन्माउने गरेको दावी गर्छन् । यो विषयमा अध्ययन गर्न अमेरिकाका शोधकर्ताहरुले १४ वर्ष उमेरका करिव ८ हजार महिलासँग साक्षात्कार गरेका थिए ।

उनीहरुले ति महिलासँग यौन सम्बन्ध तथा गर्भावस्था र प्रजनन बारे कुरा गरेका थिए । यसका साथै उनीहरुले महिलाहरुको धर्म र उमेर पनि संकलन गरेका थिए । हजारौं महिलासँग गरिएको सो अन्तर्वार्ताका क्रममा करिव शुन्य दशमवलव पाँच प्रतिशत महिलाले आफू भर्जिनिटी आर्थात कौमार्य नगुमाइकन आमा नबनेको दावी गरे ।

 तर यसका लागि कुनै कृत्रिम तरिका पनि नअपनाएको समेत दावी उनीहरुको छ । बेलायतको मेडिकल जर्नलमा प्रकाशित परिणाममा अर्को के तथ्य पनि समावेश गरिएको छ भने यि महिला मध्ये ३१ प्रतिशतले त सतित्व अर्थात यौन सम्बन्ध नराख्ने कसम समेत खाएका थिए ।
Powered by Blogger.