सावधान ! राहतमा आएको भारतीय म्यागी चाउचाउ नखानुस्
काठमाडौं, जेठ ८। नेपालमा भूकम्प गएपछि सबैभन्दा बढी राहत पठाउने देश भारत हो । भारतबाट दाल चामल देखि चाउचाउ दालमोट सम्मका सामग्री नेपाल भित्रिएका छन् । भाारतबाट दशौं हजार प्याकेट चाउचाउ राहतका लागि भन्दैबारतबाट भित्रिएको सरकारी तथ्याङ्कले नै देखाउँछ ।
जसमा म्यागी पनि उच्च मात्रामा छ । यसबीच भारतको चर्चित म्यागी चाउचाउ भारतमै भने विवादमा परेको छ । म्यागी चाउचाउमा मिसावट भएको तत्वका कारण यसले मानव स्वास्थ्यमा गम्भिर समस्या पर्ने भन्दै भारतमा सनसनी मच्चिएको छ । म्यागी चाउचाउमा रहेको लेड र एमएसजी जस्ता अखाद्य तत्वका कारण मानव मृगौलामा खतरनाक असर पर्ने र मृगौला काम नगर्ने अवस्थामा पुग्न सक्ने भारतका चर्चित सञ्चार मध्यामहरुले जनाएका छन् ।
विविसी हिन्दीका अनुसार यो खुलासापछि म्यागीले लाखौं प्याकेट चाउचाउ बजारबाट फिर्ता बोलाएको छ भने उत्तर प्रदेश सरकारले म्यागीमाथि कानूनी कारवाहीको माग गरेको छ । इण्डियन फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)का इन्स्पेक्टरहरुले लखनऊबाट म्यागीका प्याकेट जफत गरेका छन् जसमा मोनोसोडियम ग्लूटामेट (एमएसजी) र लेड जस्ता घातक तत्व पाइएको छ । म्यागीलाई प्रतिबन्ध लगाउने चर्चा यो खुलासापछि भारतमा चर्चित म्यागी प्रतिबन्धित हुन सक्ने सञ्चार माध्यमले जनाएका छन् ।
म्यागीमा लेडको मात्रा १७ दशमलव २ पाइएको छ तर सामान्यत शुन्य दशमलव शुन्य १ मात्र खाद्य मानिन्छ । डाक्टरहरुले म्यागीमा भेटिएको त्तवले जीवनभरका लागि मृगौलाको रोग हुन सक्ने र यसका अन्य खतरनाक असर देखिन सक्ने जनाएको छ ।
यसले रक्त सञ्चार तथा पेटमा समेत समस्या हुन सक्छ । म्यागीले भने आफूले यस विषयमा जाँच गरिरहेको स्पष्टोक्ति दिएको छ । भूकम्प पीडितलाई राहतका लागि भन्दै नेपाल भित्रिएको म्यागीले समेत गम्भिर स्वास्थ्य समस्या निम्तिन सक्ने देखाएको छ । एजेन्सीको सहयोगमा ।