Header Ads

भूकम्पबारे भ्रम फैल्याउदै जनजीवन आतंकित पार्ने पत्रकार पक्राउ

काठमाडौं । नेपालमा ९० सालको भन्दा ३० गुणा शक्तिशाली भूकम्प आउने समाचार लेखेर जनजीवन आतंकित पार्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

 भूकम्पबारे भ्रम फैल्याएको भन्दै महानगरी अपराध महाशाखा हनुमान ढोकाको टोलीले एक्सप्रेस खबर डटकमका सञ्चालक ज्ञानेन्द्र भट्टराई र सम्पादक चन्द्रमणि सापकोटालाई पक्राउ गरेको हो ।

 उनीहरुले शक्तिशाली भूकम्प आउने विवरण सहितको समाचार फेसबुक, ट्वीर र अन्य सामाजिक सञ्जालमा पठाएर जनजीवन त्रसित बनाएको आरोप प्रहरीले लगाएको छ ।
 आज पक्राउ परेका उनीहरुमाथि स्पष्टिकरण सोधी वेबसाइटमा राखिएको समाचार हटाउन लगाएर पाठकसमक्ष माफी माग्न लगाइएको महाशाखाका प्रमुख एसएसपीले बताए ।

महाशाखाका अनुसार भूकम्पबारे फेसबुक र एसएमएसमार्फत अफबाह फैल्याउने ११ जनालार्इ पक्राउ गरिसकिएको छ ।
Powered by Blogger.