Header Ads

भूकम्प प्रभावित नदीमा बाढीको भविष्यवाणी

काठमाडौं, जेठ ६ । आगामी मनसुनमा आउन सक्ने बाढीबाट जनधनको क्षति हुन नदिन सरकारले प्रभावित क्षेत्रका नदी प्रणालीमा बाढीको भविष्यवाणी गर्ने प्रणाली –अर्ली वार्निङ सिस्टम) भरपर्दो बनाउन थालेको छ ।

सरकारले यसअघि राखेको बाढीको बाढीको सूचना दिने यन्त्रहरुको जाँच तथा मर्मत सुरु गरेको छ ।

वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको जलवायु तथा मौसमविज्ञान विभागले प्राविधिकहरुको समूहलाई विभिन्न नयाँ २५ ठाउँमा यस्ता यन्त्र जडानको काम चाँडो गर्न परिचालन गरेको छ ।

कुनै पनि कारणले नदीमा पानीको सतह बढेमा त्यसको सूचना छिटोभन्दा छिटो सम्बन्धित सरकारी निकायमा पठाउने यन्त्रको जडान तथा अद्यावधिकमा प्राथमिकता दिएको मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले बताए, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.