Header Ads

२३ औं दिनमा गल्यो भूकम्प, यी संचारमाध्यमका कारण झन् त्रास

छायाचन्द्र भण्डारी, न्यूजअभियान, काठमाण्डौ । बैशाख १२ गते आएको महाभूकम्पको पराकम्प रोकीएको छ । निरन्तर भूकम्प आएको २३ औं दिन पुगे पछि पराकम्प रोकीएको हो ।

तर अझै पनि जनजीवन सामान्य हुन भने सकेको छैन । अर्को ठुलो धक्का आउन सक्ने अमेरिकी संस्था तथा संचारमाध्यमहरुको रिपोर्टका कारण सर्वसाधरणमा त्रास छाएको हो । भूकम्पका बारेमा कसैले पनि सत्य भबिश्यबाणी गर्न नसक्ने असली भूकम्पविद्हरु बताउछन् ।

बैशाख १२ पछि साना पराकम्पन मात्र जाने भूकम्पविद्हरुले बताएका थिए । तर महाभूकम्प आइसके पछि ठुलो भूकम्प नआउने उनीहरुको तर्क थियो । उता प्रहरीले भने अर्को धक्का आउने कुरा गलत भएको भन्दै त्यसको बिश्वास नगर्न तर सर्तक रहन सर्वसाधरणलाई आग्रह समेत गरेको छ । आइतबार बिहान देखि यो समाचार तयार पारेको समय १०.१५ सम्म धक्का महशुस गर्न परेको छैन् ।

गत मंगलबारको शक्तिशाली पराकम्पनपछि सर्वसाधरणमा फेरी त्रास सर्वत्र बढे पनि आजबाट सर्वसाधरणहरु बिच चहलपहल सुरु भएको छ । अब ८० र९० वर्ष सम्म ठुलो भुकम्प नआउने भन्दै भूकम्पविद्हरुले चिन्ता नलिन समेत सर्वसाधरणहरुमा आग्रह गरेका छन् ।

 ठुलो भूकम्पपछि एउटा ठूलो पराकम्पन आउने र अरु साना मात्र धक्काहरु आउने गरेकोमा नेपालमा १८ औं दिनपछि ठुलो पराकम्पन आएको थियो ।

 यसै बीच अधिकांश हिन्दु धर्म मान्ने नेपालि समुदाय केहिले भूकम्पको क्रिया गरेका छन भने कतिले विभिन्न देबी देवताहरुको क्षमा पुजा समेत गरेका कारण अब भूकम्प जादैन भन्ने बिस्वास लिएका छन ।
Powered by Blogger.