Header Ads

धरहरा ढल्दा पुरिएका आज सम्ममा ५० शव निकालियो !

काठमाडौं, वैशाख १८ । शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव निकालिएको छ ।

क्षतिग्रसत भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौँ महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन् ।

भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका ५ टिपर, ३ डोजर र स्काभेटरले परिचालन गरेका तथा उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक वेद विष्टले बताए ।

Powered by Blogger.