Header Ads

आज बिहान भूकम्पको ४ वटा पराकम्पन

काठमाडौं । आज बिहान भूकम्पको ४ वटा पराकम्पन गएका छन् । बिहान ६ बजेर ३१ मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ६ बजेर ११ मिनेटमा नुवाकोट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केल कै पराकम्प गएको छ ।

त्यसअघि ४ बजेर २८ र ४ बजेर ३८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो।

 यसैगरी २ बजेर १५ मिनेटमा पनि गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । योसँगै आजैमात्र ५ वटा पराकम्पन गैसकेका छन् । केन्द्रका प्रमुख अधिकारीले यस्ता पराकम्पन अझै आउने संभावना भएकाले धेरै नडराउन र सतर्क हुन सबैलाई आग्रह गर्नु भएको छ।

 उहाँले कहिले, कहाँ र कतिबेला भूकम्प जान्छ भन्ने थाहा नभएकाले सतर्क रहन र हल्लाको पछि नलाग्न सबैलाई आग्रह पनि गर्नुभयो।
Powered by Blogger.