Header Ads

अमेरिकी हेलिकप्टर दुर्घटनामा परेका सैनिकको शव काठमाडौँमा ल्याईयो - भिडियो

काठमाडौँ, जेठ ३ । महाभुकम्पमा परेका दोलखावासीका लागि राहत कार्यक्रममा जाँदा दुर्घटना भएका ६ अमेरिकी २ नेपाली नागरिकको शव काठमाडौं ल्याइएको छ ।

सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी मरिन कर्पस्को हेलिकप्टरमा सवार आठै जनाको शव राजधानी ल्याएर सनाखत थालिएको हो । पहिचानपछि नेपाली सैनिकको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यपरीक्षण गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा राखिने भएको छ ।

 अमेरिकी सैनिकको शव लैनचौरस्थित अमेरिकी मनोरञ्जन केन्द्रमा राखिने नेपाली सेनाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका दैलेखको नारायण नगरपालिका -८ का सह–सेनानी तपेन्द्र रावल र दार्चुलाको शिखर गाविस– ३ निवासी जमदार वसन्त तितराको भोली नेपाली सेनाको एक टुकडीले सम्मानका दाहसंस्कारको लागि मृतकको गृह जिल्ला पठाइने छ ।

 प्रधानसेनापति गौरव शम्शेर जबराले कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाका अधिकारी र अमेरिकी सेनाका वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको सेनाले जनाएको छ ।

छानबिन टोली गठन 
उक्त हेलिकप्टर दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाले चालक सहायक रथी सुधीर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले छानबिन प्रारम्भ गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । -न्यूज अभियान बाट
Powered by Blogger.