चौतारा पुगेका धुर्मुस–सुन्तलीले जेनेरेटर चलाइदिएपछि चार्ज गर्नेको यस्तो घुइँचो
सिन्धुपाल्चोक, जेठ ३ । शक्तिशाली भूकम्प गएसँगै सिन्धुपाल्चोकको चौतारा नगरपालीकामा पर्ने पिपलडाँडामा अवरुद्ध भएको विद्युत लाइन अझै सुचारु हुन सकेको छैन । लामो समय विद्युत्त अवरुद्ध भएसँगै त्यहाँका स्थानीयहरु संचारका साधनबाट वञ्चित बन्न पुगेका छन् ।
स्थानीय रेशम सापकोटाले भने– ‘भूकम्पबाट कहाँ के भयो, कति जनाले ज्यान गुमाए भन्नेजस्ता समाचारहरु पनि सुन्न पाएका छैनौं ।’ उनले थपे– ‘अहिले पनि कम्पन आइरहेको छ, यदि गाउँमा फेरि ठुलो भूकम्प गएर केही भइहाल्यो भने कसलाई खबर गर्ने ?’ गत शुक्रवार हाँस्य कलाकार द्वय धुर्मुस–सुन्तलीको नेतृत्वमा शौचालय निर्माण गर्न गएको मेरी बास्सै, भद्रगोल र सगुन डटकमको टोली त्यस ठाउँमा पुगेको थियो ।
उक्त टोलीले साथमा जेनेरेटर पनि लगेको थियो । त्यहाँ पुगेको टोलीले स्थानीयवासीको दुःख देखेर जेनेरेटर चलाएर मोवाईल चार्ज गर्ने व्यवस्था मिलाइदिएको थियो । चार्ज गर्न पाएपछि त्यहाँका स्थानीवासी निकै खुसी भएका थिए । मोबाइल, लाइट, र रेडियो चार्ज गर्नेको लाइन लागेको थियो ।
एकैपटकमा करिब ४० वटा जति मोबाइल, लाइट र रेडियो चार्ज भएको थियो । चार्ज गर्न पाएको खुसी व्यक्त गर्दै एक स्थानीयले भने, ‘हजुरहरुले हाम्रो लागि यो सबैभन्दा ठूलो राहत लिएर आउनुभएछ । अहिलेसम्म जति पनि आएको खाद्यान्नभन्दा पनि यो चाहिँ हाम्रो लागि ठूलो राहत भएको छ ।’-स्रोत/फोटो रातोपाटि बाट