भविष्यवाणी गर्दा कान्तिपुरको जागिर चट ! जागिर चट् भन्दा ज्योतिष तिल्मिलाए
काठमाडौं । भुकम्प आउँछ भनेर भविष्यवाणी गर्दै हिमालय टेलिभिजनमा अन्र्तवार्ता दिने कान्तिपुर पव्लिकेशनका ज्योतिषको जागिर चट भएको छ ।
कान्तिपुर पव्लिकेशन अन्र्तगतका सबै मिडियामा ज्योतिष सम्वन्धी सामाग्री प्रकाशन प्रशारण गर्ने ज्योतिष ओजराज लोहनीलाई जागिरबाट बरखास्त गरेको हो । सम्वद्ध स्रोतका अनुसार उनले हिमालय टेलिभिजनमा शनिबार र मंगलबार भुकम्प आउछ भन्ने भविष्यवाणी गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएपछि कान्तिपुर पव्लिकेशनबाट गएको टेलिफोन नउठाए पछि उनलाई जागिरबाट बरखास्त गर्ने निर्णय पव्लिकेशन व्यवस्थापनले गरेको हो ।
अर्काको बारेमा भविष्यवाणी गरेका ज्योतिष आफ्नै जागिर चट् हुदाँ भने तिल्मिलाएका थिए ।
राम्रो पारिश्रमिक दिएर काम लगाएका ज्योतिषले पव्लिकेशनको नाम वेचेर अन्य टेलिभिजनमा अन्र्तवार्ता दिने र कार्यालयबाट गएको फोनको रेस्पोन्स नगर्ने गरेपछि जागिरबाट हटाउनु परेको स्रोतले बतायो । व्यवस्थापनले मिडियाको बेइज्जेत भएको ठहर समेत गरेको बताइएको छ । उनका स्थानमा अर्का ज्योतिषलाई नियुक्त गरिसकेको स्रोतले बतायो । See more at: http://www.newsabhiyan.com
कान्तिपुर पव्लिकेशन अन्र्तगतका सबै मिडियामा ज्योतिष सम्वन्धी सामाग्री प्रकाशन प्रशारण गर्ने ज्योतिष ओजराज लोहनीलाई जागिरबाट बरखास्त गरेको हो । सम्वद्ध स्रोतका अनुसार उनले हिमालय टेलिभिजनमा शनिबार र मंगलबार भुकम्प आउछ भन्ने भविष्यवाणी गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएपछि कान्तिपुर पव्लिकेशनबाट गएको टेलिफोन नउठाए पछि उनलाई जागिरबाट बरखास्त गर्ने निर्णय पव्लिकेशन व्यवस्थापनले गरेको हो ।
अर्काको बारेमा भविष्यवाणी गरेका ज्योतिष आफ्नै जागिर चट् हुदाँ भने तिल्मिलाएका थिए ।राम्रो पारिश्रमिक दिएर काम लगाएका ज्योतिषले पव्लिकेशनको नाम वेचेर अन्य टेलिभिजनमा अन्र्तवार्ता दिने र कार्यालयबाट गएको फोनको रेस्पोन्स नगर्ने गरेपछि जागिरबाट हटाउनु परेको स्रोतले बतायो । व्यवस्थापनले मिडियाको बेइज्जेत भएको ठहर समेत गरेको बताइएको छ । उनका स्थानमा अर्का ज्योतिषलाई नियुक्त गरिसकेको स्रोतले बतायो । See more at: http://www.newsabhiyan.com
