गोर्खा र धादिङ केन्द्र बनाएर ४.१ रेक्टेल स्केलको भुकम्पको धक्का महसुस
काठमाडौं, जेठ ४ । सोमबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको पराकम्पन महसुस गरिएको छ । ४.१ म्याग्निच्यूडको पराकम्पनको केन्द्र गोर्खा र धादिङको सिमानामा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिस्तारै कमजोर र पातलो बन्दै गइरहेको भूकम्पको ४ म्याग्निच्यूडभन्दा माथिको पराकम्पन सोमबार साँझ साते बजेसम्म मात्र दुईवटा महसुस गरियो ।
सोमबार बिहानै ९ बजेर ११ मिनेट जाँदा दोलखा केन्द्रबिन्दू भएको ४.२ म्याग्निच्यूडको भूकम्पको पराकम्पन महसुस गरिएको थियो ।