कोरियामा आप्रवासी कामदार धमाधम पक्राउ पर्न थाले
कोरिया । दक्षिण कोरियामा रोजगारीका लागि आएर अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई सरकारले धमाधम पक्राउ गर्न लागेको छ । अध्यागमन विभागले केही दिनयता अवैधानिक कामदारलाई पक्राउ गर्दै स्वदेश फर्काइरहेको छ ।
अध्यागमनले हालै ख्यान्जुस्थित प्लाष्टिक कम्पनीमा काम गरिरहेका थापा थरका एक नेपाली युवकलाई पक्राउ गरी स्वदेश पठाएको छ । म्यानपावर कम्पनीमार्फत १२ वर्षअघि कोरिया आएका थापाले ६ वर्षे कार्यअवधि सकिएपछि अवैधानिक रुपमा लुकिछिपी काम गरिरहेको कारोबार दैनिकमा खबर छ । उनीसँगै फिलिपिन्सका २ कामदार पनि पक्राउ परेका छन् ।
अध्यागमनको बन्दी गृहमा नेपाली कामदार ल्याउने क्रम बढिरहेको थापाले बताए । यसअघि छनान क्षेत्रमा रहेको कम्पनीबाट १८ अवैधानिक नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेमा नेपालसहित इन्डोनेसिया, मंगोल, चीन, भियतनामलगायत मुलुकका कामदार छन् । कम्पनीबाट पाउनुपर्ने तलब-भत्ता समयमै हात नपर्दा मानसिक तनावमा परेको उनीहरुले बताएका छन् ।
विभागले अघिल्लो वर्ष प्रकाशन गरेको तथ्यांकअनुसार १९८७ नेपाली अवैधानिक थिए । तीमध्ये रोजगार अनुमति प्रणाली -ईपीएस) मार्फत आएका ९५१ थिए । अहिले यो संख्या बढेको छ । कोरियामा सबैभन्दा धेरै करिब ७० हजार चिनियाँ नागरिक अवैधानिक छन् ।