यसकारण पहाडका मान्छेलाई तराइ सार्न मिल्दैन - सरिता गिरी
काठमाडौं । मैले ट्वीटरमा भूकम्पलाई आधार बनाएर भूककम्प प्रभावित जनतालाई तराईमा बसोबास गराउने महन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ भनेर लेखेँ ।
यसको धेरै नकारात्मक टिप्पणी पनि आएको सुनेँ । भाइरल भइसक्यो भन्ने सुनेँ । दुइ चार दिन ट्वीटर खोल्दीन । तर मलाई पीर छैन । मेरो ब्रम्हले जे देख्यो त्यही लेखेँ । बिहान समाचार सुनेँ । त्यही समाचारको आधारमा आएको प्रतिक्रिया हो मेरो । सरकारले गर्न लागेको विषयमा मैले ठीक वा बेठीक भनेको होइन ।
मलाई लागेको कुरा मात्रै भनेकी हुँ । तर यसमा भन्नु पर्ने कुरा के छ भने सरकारले यो विपद्को बेला राजनीति गर्दैछ । पहाडका जनतालाई तराईमा राख्ने कुरा राजनीति हो । भूकम्पपीडितलाई पाल छैन, महिलाहरुको पोल्टामा आधा माना चामल दिइएको छ । खुला आकासमुुनि मानिसहरु बस्न बाध्य छन् । तर सरकार यहि विपद्को बेला पनि राजनीति गरिरहेको छ । सरकारले राजनीति गरेको हो भन्ने बलियो आधार प्रमाण पनि दिन्छु ।
बेलायतले उद्धार र राहतका लागि पठाएको चिनुक जहाज नेपालमा ल्याण्ड गर्नबाट किन रोकियो ? के ती जहाज विशालकाय थिए ? भूकम्प प्रभावित क्षेत्रको कतै पनि ती जहाज उत्रन नसक्ने थिए त ? छातीमाथि हात राखेर भन्नसक्नु पर्छ ती जहाज नेपालमा काम लाग्ने थिए । कर्णेल कुमार लामासँगको प्रतिशोध साँध्न नेपालमा उत्रिन दिइएन । यो राजनीति होइन ? रेडियो नेपालमा पीडितहरुको आवाज प्रशारण गर्न नै बन्द गरिएको छ । यसबाट सरकार आफ्नो आलोचाना लुकाउन खोज्दैछ । यो पनि राजनीति नै हो । सरकारविरुद्ध पोखिनु पर्ने आक्रोश मेरो ट्वीटमा पोखियो । आक्रोश मतर्फ मोडिएको मात्रै हो । खासमा योजनाबद्ध मोडिएको हो । तर मैले भनेको कुरामा मलाई कुनै दुःख मनाउ छैन ।
अर्को कुरा के हो भने सरकारले पहाडका जनतालाई तराईमा सार्ने योजना पनि राजनीति नै हो । जनतालाई आन्तरिक रुपमा विस्थापन वा शरणार्थी बनाउने खोजिएको हो । पहाडका जनतालाई तराईमा सार्नु ठीक वा बेठीक के हो ? त्यो भन्न चाहन्न । किनभने त्यो विषय अहिले उठेकै छैन । तर राजा महेन्द्रले पहाडका जनतालाई तराईमा बसोबास गराए । त्यो उनको त्यो नीतिको चाहिँ म विरोधी हुँ । मलाई अहिले त्यस्तै महसुस भइरहेको छ भनेकी हुँ । नेपाली कांग्रेसका सभासदहरुले त दुई दिन अघि पहाडका पीडितहरुलाई तराईमा सार्नु पर्ने निर्णय नै गरेका छन् । राहतमा ढिलाई गर्ने र जनतालाई बाध्य बनाएर आन्तरिक शरणार्थी बनाउने र राजनीतिक स्वार्थ पुरा गर्ने सरकारको गलत नियत देखिरहेकी छु ।
यसकारण पनि म पहाडका मानिस तराईमा सार्ने नीतिको विरोधी हुँ । म पहाड र तराईलाई विभेद गर्दीन । गरेको भए भूकम्प आएको भोलिपल्टै भागेर तराई पुग्थेँ । तर म काठमाण्डु मै छु । दुई रात म पनि खुला आकाशमुनि सुतेँ । नेपालमा मिडिया, नागरिक समाजले पनि राजनीति गर्छन् । भारतीय एक मिडियाले गलत शब्द बोलेको थियो । तर सबैलाई गलत मानेर कुरा ठूलो बनाइयो । त्यसकारण नागरिक समाजले पनि राजनीति गर्छ भन्ने मेरो तर्क हो । नेपालमा समाजसेवा गर्न धेरे सजिलो छ । तर अपोजिसनको राजनीति गर्न चाहिँ गाह्रो छ ।-काठ्मान्डुटुडे बाट साभारित सामाग्री !