Header Ads

भूकम्पमा घर भत्किएपछि गाउँ हिँडेकी युवतीलाई पनौतीको जंगलमा लगेर सामुहिक बलात्कार

काठमाडौं । भूकम्पमा घर भत्किएपछि गाउँ जान हिंडेकी युवतीमाथि सामूहिक बलात्कार भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा जान काटेश्वरबाट टाटा मोबाइल चढेकी युवतीलाई काभे्रको पनौतीमा लगेर सामूहिक बलात्कार भएको खुलासा भएको छ ।
भूकम्पपछि बैशाख २१ गते सिन्धुपाल्चोकको साँगा चोक घर जान हिडेकी २० वर्षिया युवती सामूहिक बलात्कारमा परेकी हुन् । सामूहिक बलात्कारको आरोपमा प्रहरीले काभ्रेको खहरेपाँगु २ का २८ वर्षिय श्याम लामा, पनौती १२ का २० वर्षिय किरण पहरी, काभ्रे च्याम्राङबेसी ४ का सुनिल भन्ने सुजन घिमिरे र पनौती नगरपालिका १० का २६ वर्षिय राजन थापालाई पक्राउ गरेको छ ।उनीहरुले घर जानका लागि काठमाडौँको कोटेश्वरमा बैशाख २१ गते साँझ गाडी कुरेर बसेकी युवतीलाई काभ्रेको पनौतीमा ल्याएर विभिन्न प्रलोभन, डर त्रास देखाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । samuhikbltkar1 कोटेश्वरमा बस कुरेर बसिरहेकी युवतीले सामान बोक्ने टाटामोबाइल गाडीलाई हात दिएर रोकेकी थिइन् । युवतीले रोक्नका लागि हात दिएपछि उनीहरुले कहाँ जाने भन्दै सोधेका थिए ।
युवतीले चौतारा जाने भनेपछि ती युवकहरुले आफुहरु पनि चौतारा जान लागेको बताउँदै युवतीलाई चढाएका थिए। कोटेश्वरबाट अघि बढेको गाडी पनौतीमा लगेर रोकिएको थियो । पनौतीमा लगेर गाडी रोकिएपछि युवतीले यो चौतारा जाने बाटो नै होइन भनेपछि ती उनीहरुले खाजा खाएर चौतारा जाने भन्दै ढाँटेका थिए।
उनीहरुले पनौती बसपार्कमा रहेको एक होटलमा मःम खाएका थिए । मःम खाएपछि ती युवतीलाई स्थानीय गोरखनाथ सामुदायिक बनमा लगेर चारै जनाले पालैपाले बलात्कार गरेका थिए । चारैजना युवाले बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरुले युवतीलाई नाजुक अवस्थामा बनेपामा ल्याएर छोडिदिएका थिए ।
स्थानीयको सहयोगमा युवतीले बैशाख २२ गते ईलाका प्रहरी कार्यालय बनेपामा गएर आफुमाथि भएको घटनाको बारेमा जानकारी गराएकी थिइन्। युवतीले दिएको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनााएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  अन्नपूर्ण पोष्टमा समाचार छ ।
Powered by Blogger.