Header Ads

भूकम्पको एप्स आयो :: १६१८०१४४१०१४१ मा डायल गरी मन्त्री बस्नेतकै मुखबाट भुकम्पको अपडेट पाउनुहुनेछ

काठमाडौं, जेष्ठ २ । खानी तथा भूगर्भ विभागले भूकम्बारे सर्वसाधारणलाई जानकारी दिन शनिबार अलग्गै एप्स घोषणा गरेको छ ।

विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका प्रमुख भुकम्पविद् लोकविजय अधिकारीका अनुसार 'नेपाल अर्थक्वेक अपडेट्स्' नामको एप्स शनिवार अपरान्ह उद्योगमन्त्री महेश बस्नेतले शुभारम्भ गरे । खानी विभाग उद्योग मन्त्रालअन्तर्गतको हो ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले उक्त नामको एप्स डाउनलोड गरी भूकम्पको सूचना लिन सक्ने अधिकारीले बताए । '४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै त्यसमा अपडेट गर्नेछौं', प्रमुख अधिकारीले ईकान्तिपुरसित भने, 'सर्वसाधारणले क्षणभरमै मोबाइलम कत्रो र कहाँ केन्द्रविन्दु बनेर भूकम्प गयो भन्ने जानकारी लिन सक्नेछन् ।'

यस्तै केन्द्रले भुकम्पबारे जानकारी दिन १६१८०१४४१०१४१ नामको टोलफ्री (निःशुल्क) नम्बरसमेत ल्याएको छ । यो नम्बरमा डायल गरे उद्योगमन्त्री बस्नेतकै स्वरबाट भूकम्पको तथ्यांक थाहा पाउन सकिन्छ ।
Nepal Earthquake Updates
Powered by Blogger.