Header Ads

५.५ रेक्टर स्केलको पराकम्पन, आजै ८ पटक : ५ बजेर १८ मिनेट जादा भूकम्पको अर्को धक्का

काठमान्डौ । नेपालमा शनिबार साझ पख ५ बजेर १८ मिनेट जादा भूकम्पको धक्का महसुस भएको छ । गत बैशाख १२ गते गएको महाभूकम्पको पराकम्पन महसुस भएको हो । दोलखा केन्द्र बिन्दु भएर ५.५ रेक्टरको पराकम्पनको धक्का महसुस भएको हो । करिब २० सेकेण्ड सम्म पराकम्पनको धक्काले काठमान्डौ पुनः हल्लाएको छ ।

शनिबार दिउँसो ३ बजेर १८ मिनेटमा पनि  भूकम्पको कडा धक्का महसुस भएको थियो । दोलखालार्इ केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुुस भएपछि परेवासहितका चराचुरुङ्गी उडेका थिए ।

शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम रोकिएको छैन । पछिल्लोपटक ५ बजेर १९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको छ । शनिबारमात्रै ४ रेक्टर स्केल माथिका ८ वटा पराकम्पन गएका छन् । निरन्तरको पराकम्पनले खुला स्थानमा पाल टाँगेर बसेकाहरु फर्किएका छैनन् । भूकम्प मापन केन्द्रका अनुसार शनिबार गएका भूकम्पका अधिकांश केन्द्र दोलखा छन् । २९ गते गएको दोस्रो शक्तिशाली झड्काले दोलखामा सर्वाधिक क्षति भएको थियो ।

समय रेक्टर स्केल केन्द्र
साँझ ५:१९ ५.५ दोलखा
बिहान ९:३५ ४.२ ललितपुर/मकवानपुर
बिहान ९:२४ ४.२ सिन्धुपाल्चोक
बिहान ६:३१ ४.० गोरखा/धादिङ
बिहान ६:११ ४.० नुवाकोट
बिहान ४:३८ ४.१ दोलखा
बिहान ४:२८ ४.१ दोलखा
बिहान २:१५ ४.० गोरखा
Powered by Blogger.