अब बन्नेछन् सस्तो र टिकाउ घर : भिडियो
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले सुलभ र सुरक्षित घरको प्रदर्शनी गरेका छन् ।
राष्ट्रिय योजना आयोगले विद्यार्थीहरुलाई सुरक्षित अस्थायी डिजाइनका घर बनाउन लगाइ साताव्यापी प्रदर्शनीको आयोजना गरेको हो ।
शुक्रबारदेखि क्याम्पस परिसरमा सुरु भएको प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका विभिन्न मोडलका सस्तो र सुरक्षित अस्थायी घर राखिएको छ ।
उनीहरुले १५ हजारदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्ने घरहरुका मोडल बनाएका छन् ।
५ लाख रुपैयाँपर्ने घर बाँसको प्रयोग गरी बनाइने र त्यो २५ वर्षसम्म टिकाउ हुने दाबी पनि गरिएको छ ।