Header Ads

‘चुम्बनभन्दा सेक्स प्यारो’- नायिका जिया केसी

आर्टिस्ट नेपाल । यतिबेला सिने बजार नायिका जिया केसीको चर्चाले निकै तातेको छ । जताततै उनको मात्रै चर्चा छ तर रमाइलो कुरा के भने अहिलेसम्म जिया अभिनित एउटा चलचित्र पनि प्रदर्शन भएको छैन् । यसरी चलचित्र प्रदर्शन नहुँदै उनको चर्चा हुनुकै एउटै कारण छ, यी सेक्सी ठिटीले ‘एटिएम’ भन्ने चलचित्रमा निकै लामो र कामुक टङ किस दिएकी छिन् । उनकै शब्दमा भन्दा ‘हलको पर्दामा यो टङ किस हेर्दा दर्शकको आङ सिरिङ हुन्छ’ । त्यसो त उनले दर्शकको आङ सिरीङ पार्ने गरी टङ किस मात्र होइन्, अन्य धेरै उत्तेजक दृश्यहरु पनि दिएकी छिन । यद्यपि कतिपयले उनका यस्ता दृश्यलाई अश्लिलताको संज्ञा दिएका छन् । तर उनी यो आरोपलाई ठाडै नर्काछिन्, ‘यस्ता दृश्यहरु समय, दर्शक र स्क्रिप्टको डिमान्ड हो ।’ र, उनलाई यस्ता हट सिन दिएकोमा कुनै पश्चात पनि छैन । बरु उनी चलचित्रको रिलिज डेट कुरीरहेकी छिन् । सेन्सरमा लफडा नभए उनको यो प्रतिक्षा जेठको अन्तिम सात टुंगीने छ र उनको करियरले कुन मोड लिनेछ भन्ने पनि ‘एटीएम’ कै सफलता/असफलतासंग जोडिएको छ । यद्यपी उनी आफ्नो कामलाई दर्शकहरुले मन पराउनेमा ढुक्क छिन् । साँच्चै उनी सफल हुन्छिन् या असफल, त्यो त समयले नै बताउला । तर अहिलेलाईचाहि यी सेक्सी नायिकासंग गरिएको सेक्सी चुम्बन–संवाद । जहाँ उनले चुम्बनको विषयमा खुलेर कुराकानी गरेकी छिन् ।
तपाईका लागी चुम्बन के हो ?
–आफूले मन पराएको मान्छेलाई प्रेम अभिव्यक्ति गर्ने सुन्दर माध्यम । जसबाट भरपुर ‘इन्जोए’ लिन सकिन्छ ।
यसरी अहिलेसम्म चुम्बन गरेर कति ‘इन्जोए’ लिनुभयो त ?
–नाई, नाई । अहिलेसम्म त्यस्तो ‘इन्जोए’ गर्ने अवसर पाएकी छैन ।
भनेपछि अहिलेसम्म कसैलाई चुम्बन गरेको छैन् ?
–त्यस्तो पनि अलि होइन् । घरमा दादा–दिदीहरुलाई सामान्य ‘पप्पी’ गरिएको छ । तर तपाईले भन्न खोज्नुभएकोजस्तो चुम्बनको अनुभव लिन नपाएकोचाहि सत्य हो ।
यस्तो शुभ काममा किन ढिलाई नी ?
–(हाँस्दै) हरेक शुभ कामहरु कहाँ आफूले चाहे अनुसार छिटो हुन्छ र ? समय लागिहाल्छ नि । म पनि त्यहि मिठो पलको प्रतिक्षामा छु तर हतारचाहि छैन ।
कुन अगंमा चुम्बन गरेको मन पर्छ ?
–टाउकोमा । तर फिल्महरु हेर्दाचाहि टङ किस र लिप किस गरेको औधि मन पर्छ ।
कुनै जोडी चुम्बनमा लिप्त भइरहेको देख्दा कस्तो हुन्छ ?
–‘डेफेनेट्ली’ बाहिर देख्यो भने त कस्तो छाडा रहेछ भन्ने लागिहाल्छ । नेपाली समाजको लागी ‘ओपन किस’ पच्दैन्, त्यसैलै नगरीदीए हुन्थ्यो जस्तो लाग्छ । तर ‘सेपरेट’ गर्छन भने त ‘ड्जन्ट म्याटर’ ।
उसो भए तपाईले चलचित्र ‘एटीएम’का लागी नायक दिनेश थापासंग गरेको टङ किसचाहिं समाजलाई पच्छ त ?
–हो, त्यस्तै छाडा चुम्बनहरु समाजमा बढिरहेको छ भन्ने देखाउनको लागी मैले दिनेशजीसंग टङ किस गरेकी हूँ । एउटा पात्र भएर फिल्ममा समाजको ‘रिप्रिजेन्ट’ गर्नु गलत हो र ?
दिनेशजीसंग चुम्बन गर्दा ‘इन्जोए’ गर्नुभयो होला नी त ?
–ओ हो ! कहाँ त्यस्तो हुनु नि ? तर ग्यारेन्टीचाहि के हो भने भोलीपर्सी चलचित्र हेर्दा दर्शकको आङ सिरिङ हुन्छ । कसैलाई थोरै ‘सक’ पनि लाग्ला । यसरी त्यो चुम्बन दृश्यलाई कामुक देखाउन मैले ‘इन्जोए’ गर्नभन्दा आफू कसरी राम्रो गर्न सकिन्छ भन्ने तिर ध्यान दिएँ । फेसलाई सेक्सी देखाउन केयरफुल भएँ । मज्जा लुट्नै पाइएन् नि ।
दिनेशको ठाउँमा अर्को कुन हिरो भएको भए चुम्बनले अझ जीवनतता पाउने थियो ?
–नाई, नाई । उहाँको ठाउँमा अरु जो भएपनि कुनै फरक पर्दैन्थ्यो । किनभने त्यहाँ कुनै व्यक्तिलाई भन्दा पात्रलाई चुम्बन गरिएको थियो ।
तपाईले यसअघि पनि ‘आफ्नो मनलाई सोधी हेर’ भन्ने फिल्ममा राज तिमल्सीनासंग टङ किस गर्नुभएको थियो र अहिले दिनेशजीसंग । कोसंग बढी मज्जा भयो ?
–मैले भनिहालें नी, फिल्ममा कुनै व्यक्तिलाई भन्दा पात्रलाई चुम्बन गरिने भएकोले खासै अन्तर हुदैन् तर एउटा कुरा के हो भने राजसंग निर्देशक, निर्माताले प्रेसर गरेर बाध्य भएर गर्नुपरेको र त्यो मेरो पहिलो किस सिन भएकोले नर्भस भएको थिएँ तर दिनेशसंगचाहि ‘एग्रीमेन्ट’ अनुसार नै टङ किस गरेकोले ‘इजि फिल’ भयो । यद्यपी टेस्ट फरक भन्ने चाहि भएन् ।
तर चलचित्रमा चुम्बनको दृश्य राख्नु अश्लिल भनिएको छ । यसमा तपाईको प्रतिक्रिया ?
–अहिले त फिल्ममा चुम्बनको दृश्य दर्शकको डिमान्ड हो । त्यसैले मलाई उहाँहरुले ‘अड’ मान्नु हुन्नजस्तो लाग्छ । जहाँसम्म अश्लिलताको कुरा छ, त्योचाहि बाहिर आदर्श र नैतिकताको ठूला–ठूला गफ दिने तर भित्र यौनभनेपछि मरिहत्ते गर्र्ने ‘हिप्पोक्र्याट’हरुले गर्ने कुरा हो ।
कुनै फ्यानले एक्कासी तपाईको लिपमा किस ग¥यो भने तपाईको प्रतिक्रिया कस्तो हुन्छ ?
–(हाँस्दै) ‘फस्ट अफअल’ त ‘सक’ हुन्छु । सायद मेरो सासै अड्किन्छ होला ।
देख्दै चुम्बन गर्न मन लाग्ने नेपाली पुरुष ?
–आर्यन सिग्देल, सुमन सिंह र राज घिमिरे ।
सेक्स र चुम्बनमा कुन प्यारो ?
–सेक्स । किनभने प्रेम अभिव्यक्ति गर्ने सबैभन्दा सुन्दर र अन्तिम माध्यम नै सेक्स हो ।
आफ्नो ब्याइफ्रेन्डलाई पहिलो चुम्बन कहाँ गर्नुहुन्छ ?
–लिपमा ।
रियल लाईफमा तपाईले चुम्बन गर्ने भाग्यमानी पुरुष कहिले आउँला ?
–ओ हो ! त्यस्तो पुरुष आयो र मैले चुम्बन गरें भने फस्टमा तपाईलाई फोन गरेर ‘मैले फलानो केटासंग यसरी किस खाएँ, यस्तो मज्जा आयो, आजको दिन मैले निकै इन्जोए गरें’ भन्छु है !
अन्तिम पटक कस्लाई चुम्बन गर्नुभएको थियो ?
–फोटोसेसनको क्रममा नायिका सोनिया शर्मालाई ।
केटी र केटासंग चुम्बन गर्दा कस्तो अन्तर महशुस गर्नुभयो ?
–केटा (दिनेस)संग गर्दा धेरै मान्छेको अगाडी गर्नुपरेको हुनाले थोरै ‘अड फिल’ भएको थियो तर सोनियासंग गर्दा निकै ‘कम्फर्ट’ महशुस गरें ।
चुम्बनको लागी ओठ निकै सेक्सी हुनुपर्छ भनिन्छ । तपाईलाई आफ्नो ओठ कतिको सेक्सी लाग्छ ?
–मलाई त मेरो ओठ सेक्सी लागिहाल्छ । संगै मलाई चिन्ने सबैले ‘जिया तिम्रो ओठ कति सेक्सी ?’ भन्छन् । अझ कतिले त ‘जियालाई चुम्बन गर्न पाए हुन्थ्यो’ भनेर मरिहत्ते गर्छन । तर अरुलाई मन लाग्यो रे भन्दैमा किस गर्न दिने कुरा भएन् । यद्यपी मलाई पनि चुम्बन असाध्यै मन पर्छ ।
Powered by Blogger.