भूकम्पबाट मर्नेको संख्या ७ हजार ६ सय नाघ्यो
काठमाडौं, वैशाख २३ । वैशाख १२ गते गएको भूकम्पबाट अहिलेसम्म ७ हजार ६ सय ५२ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको हिजो बेलुकासम्मको तथ्यांकअनुसार घाइतेको संख्या १४ हजार ४ सय ५६ रहेको छ । तर अझै केही ठाउँमा उद्धार गर्न बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
यसैबीच सरकारले भने आज राहत वितरणमा केन्द्रीत हुने जनाएको छ । लगभग उद्धारको काम सकिएकाले राहत वितरणमै सरकारको सबै शक्ति परिचालन हुने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।