Header Ads

भूकम्प पिडितका लागि फेसबुकको १ करोड २० लाख डलर

काठमाण्डौ । फेसबुकले भूकम्प प्रभावित नेपालका लागि दुई दिनमै १ करोड डलर (करिब १ अर्ब रुपैयाँ) भन्दा भन्दा बढी रकम संकलन गरेको छ ।

टाइम डट कमका अनुसार फेसबुकमा भूकम्प प्रभावित नेपालमा भइरहेको राहत कार्यलाई सहयोग गर्न सकिने व्यवस्था मिलाइएको दुई दिनमै सहयोग रकम १ करोड डलर भन्दा बढी संकलन भएको हो ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले उक्त रकम नेपालका भूकम्प पिडितहरुका लागि सहयोग गरिने बताएका छन् ।

जुकरबर्गले उक्त रकममा फेसबुकका तर्फबाट २० लाख डलर थपिने समेत पनि बताएका छन् । सहयोग रकम कहिले र कसरि नेपाल आइपुग्छ सो कुरा खुलाइएको छैन ।


Powered by Blogger.