Header Ads

दिल धडक्ने दो’मा प्रिंयकाले गाएको टाइटल गीत रिलिज - भिडियोसहित

मुम्बाई । बलिवुडमा अहिले नायक–नायिकाहरुले चलचित्रमा आफै गीत गाउने होडबाजी चलेको छ । यस सूचीमा सलमान खानदेखि श्रद्धा कपुरसम्म रहेका छन् । पछिल्लो समय प्रियंका चोपडाले आफ्नो आगमी चलचित्र ‘दि धडक्ने दो’ को टाइटल गीतमा आफ्नो स्वर दिएकी छिन् ।

हुनतः प्रियंकाले आफ्नो सालो गीतहरु रिलिज गरेर आफ्नो गाउने कला पहिले ने प्रस्तुत गरिसकेकी छिन् । दुई दिन अघि रिलिज गरिएको उक्त गीतमा प्रियंकालाई अर्का वलिवुड नायक फरहान अख्तरले साथ दिएका छन् । यस गीतलाई चलचित्रका मुख्य पात्रहरुलाई राखेर छायंकन गरिएको छ ।

यस गीतको शब्द जावेद अख्तरले दिएका हुन् । दुई दिनमा नै यसलाई ४ लाखभन्दा बढीले हेरिसकेका छन् । जोया अख्तरको निर्देशनमा बनेको यो चलचित्र पारिवारिक कथामा आधारिक रहेको छ ।  जुन ५ मा रिलिज हुने यस चलचित्रमा फरहान र प्रियंकाको साथै अनुष्का शर्मा, रणवीर सिंह, अनिल कपूर र शेफाली शाहको प्रमुख भूमिका रहने छ ।
Powered by Blogger.