मलाई धोका दिने श्रीमानलाई देखाउन भए पनि म अर्को विवाह गर्न चाहन्छु
इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत
कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान र छोराछोरीबाट टाढा नभएकी म
एक्कासि सात समुद्रपारि पुगेकी थिएँ । मनलाई सम्झाउन निकै कठिन भैरहेको
थियो । इजरायलमा काम गर्न र एडजस्ट हुन निकै कठिन भयो । नेपालमा नोकर राखेर
बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । केयर
गिभर भनिएपनि म घरकी नोकर्नी नै थिएँ । सुरुसुरुमा त कति रोएँ कति । तर के
गर्नु सबै भताभुङग बनाएर म त्यता पसेकी थिएँ । फकिर्एर फेरि के गर्ने ?
मेरो तलब आएकै दिन म सबै पैसा श्रीमानलाई
पठाइदिन्थें । मलाई खान बस्न पैसा खर्च नहुने । एकदिन पाउने बिदामा पनि
त्यही घरमा काम गरिदिए अतिरिक्त आम्दानी हुने हुँदा फोन गर्न र सानोतिनो
खर्च त्यही पैसाले पुगिहाल्थ्यो । मेरो महिना सुरु हुन नपाउँदै श्रीमानको
लिस्ट आइहाल्थ्यो । म कहिलेकाहीँ भन्थें ‘जुन उद्देश्य लिएर म त्यहाँ
पुगेकी छु, त्यो पहिले पूरा गरौं ।
यसरी फाल्तु खर्च किन गर्ने ?’
‘तिमी तीन–चार वर्ष बसिहाल्छयौ, त्यहाँ पैसा भैहाल्छ, हाम्रा योजनाहरू पूरा गर्नुपर्छ ।’ उहाँले भन्नुहुन्थ्यो ।
मैले पैसा बचत गर्न सम्झाइरहन्थें । एकदिन श्रीमानले फोन गरेर भन्नुभयो ‘साथीहरूले मिलेर एउटा + २ सम्म पढाइ हुने स्कुल चलाउन हामीलाई पनि पैसा हाल्न भनेका छन् । तिमीले त्यहाँ ऋण गरेर भए पनि १० लाख पठाइदेऊ न । स्कुलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भैहाल्छ ।’कुरा राम्रै लाग्यो । साथीहरूसित ऋण लिएर मैले आठ लाख पठाइदिएँ । ओभरटाइम पनि गरेर साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमानको भनाइअनुसार स्कुल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको ऋण तिर्न १० महिना लाग्यो ।

११ महिनाको तलब थापेकी पनि थिइन,
श्रीमानको फर्माइस आयो ‘स्कुलमा क्यान्टिनमा पनि आफैंले लगानी गरियो भने त
अझ बढी आम्दानी हुन्छ, फेरि मलाई एकमुुष्ट पैसा पठाइदेऊ ।’ सबैभन्दा नजिकको
सम्बन्ध श्रीमान श्रीमति कसरी शंका गर्ने ? फेरि ऋण गरेर ६ लाख पठाइ दिएँ ।
‘के भयो, किन रोएको, के गर्नुभयो बुबाले
?’छोराले बोल्न सकेन । फोनमा छोरीको फेरि आवाज आयो । ‘मामु बुबाले त अर्की
विवाह गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको
थियो । हजुरबुबा–हजुरआमालाई हजुरहरूको नाति भनेर चिनाउनुभयो । हामीलाई
तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले विवाह
गरेको नै दुई वर्ष भै सकेको भन्नुभयो । तपाईलाई थाहा नहोस् भनेर नै बुबाले
इजरायल पठाउनुभएको रे ।’
म छाँगाबाट खसेझैं भएँ । विगतका दिनहरू सबै नाच्न थाले आँखाअगाडि । ओहो, आज आएर सम्झदैछु । त्यो समयमा एकाएक आएको परिवर्तन झल्भली भयो । कसरी मलाई इजरायल पठायो ? कसरी मसितबाट सबै पैसा लियो ? सबै एकै पटक मथिगंलमा घुमे ।

मैले सासूसित कुरा गरें । सासूले पनि हो
भन्नुभयो । श्रीमानलाई फोन गरें । फोन अफ छ । छोराछोरी रोएका रोयै छन् ।
चार दिनपछि राति श्रीमानको फोन उठ्यो । तर महिलाले फोन उठाइन् ।
मैले ‘तपाईं को ?’ भनेर सोधें ।
उनले भनिन् ‘म दिनेशकी श्रीमति’
‘दिनेशकी श्रीमति त म पो हुँ, तिमी को हौ ? दिनेश खोइ ?’
यति भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासू–ससुरासित पहिल्यै छुट्टिसकेकाले केटाकेटी आफै पकाएर खान्थे । म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । ऋण भएकाले नेपाल आएर पनि के गर्ने ? माइतीमा फोन गरेर भाइसँग रोएँ । भाइलाई स्कुलमा लगानी के कति छ बुझ भनें । मैले पठाएको पैसा स्कुलमा लगानी भएको त रहेछ तर सेयर होल्डरमा त कान्छी श्रीमतिको नाम रहेछ । क्यान्टिन पनि उसैले चलाएकी थिई ।

एउटा डान्स रेस्टुराँमा नाच्ने केटी
ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा सेयर किनिदिएछ । अनपढलाई फेरि
नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस्, म र छोराछोरी
बर्बाद भएका थियौं । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनें । तर
उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो ऋण तिरेर नेपाल र्फकने
कुरा भाइलाई सुनाएँ । भाइले भन्यो, ‘दिदी, हामी भान्जा भान्जीलाई ल्याएर
राख्छौं, तिमी भोलिको दिनलाई पनि केही आफ्नो व्यवस्था गरेर मात्र फर्क ।’
दिन बित्दै गए । ऋण पनि तिरियो । म घर
र्फकन्छु भन्दै थिएँ । छोराले फोनमा भन्यो ‘तिमीहरू मामा घरमा गएर बस म र
सानीआमा यहाँ बस्छौ भनेर बुवाले भन्नुभयो, हामीले मानेनौं ।’
अब त्यो घर पनि गयो भने त बस्ने बास पनि
हुँदैन । मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा पनि नछोड भनें । यसबीच
छोरीले एसएलसी उत्तीर्ण गरिन् । छोरो कुलतमा लाग्छ कि भन्ने चिन्ता थियो ।
मेरो त सब बर्बाद भैसकेको थियो । विवाहको रातदेखि अहिलेसम्म श्रीमानले मसित
गरेको माया, सरसल्लाह, भावी योजना सबै सिनेमाका रिलझैं मेरा सामु
नाचिरहेका थिए ।
म इजरायल आएको चार वर्ष भयो । छोराछोरी दुवै कलेज पढ्दैछन् । घरमा बाबु र सानी आमालाई आउन दिएनन् ।
छोरीको फोन आयो, उनले विवाह गर्ने रे । आफूसँगै पढ्ने पोखरा घर भएको केटासित । भनि ‘मामु आएर मेरो विवाह गरिदिनू ।’ म दसंैमा घर आएँ, नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए । कान्छीलाई भने ल्याएका थिएनन् । तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई । छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ । भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी श्रीमान सब पर । एक मन भन्छ, समय अनुसार चल्नैपर्ने मान्छेको नियति हो । जब मान्छेले सत्यबोध गर्छ उसलाई कुनै कुराले दुखाउँदैन । मलाई पनि त्यस्तै भैरहेको छ ।

तर म कसलाई भनूँ मसित विवाह गर्छौ भनेर ? के भन्ने सासुलाई ? नयाँ श्रीमान् चाहियो भन्ने ? मलाई धोका दिने श्रीमानलाई देखाउन भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित …?