Header Ads

मलेसियाबाट घर फर्केका गोविन्द आकाशमै यसरी मृत्यु भएपछी

काठमाडौं । मलेसियाबाट एयर एसियाको जहाजमा काठमाडौं आउने क्रममा एक यात्रुको आकाशमै मृत्यु भएको छ। प्यूठान रामठीका ३८ वर्षीय गोविन्द बहादुर रोक्काको जहाज उडिरहेको अवस्थामा भित्रै मृत्यु भएको थियो ।
क्वालालम्पुरबाट ठीकै अवस्थामा जहाज चढेका गोविन्दले मंगलबार अपरान्ह काठमाडौंमा जहाज उत्रदा ज्यान गुमाइसकेका थिए, जहाजबाट उनको शव निकालिइएको थियो ।

 एयर एसियाको डी ७ -१९२ जहाज उडिरहेको अवस्थामा उनी संगै बसेका यात्रुको काखमा अचानक ढल्किएका थिए। एकछिनमै बेहोश भएका उनको तत्कालै मृत्यु भएको थियो ।
सँगै रहेका यात्रुका अनुसार सामान्य अवस्थामा जहाज चढेका उनले घटना हुनुभन्दा केहीबेर अगाडि छाती दुःखेको बताएका थिए ।

 काठमाडौं उत्रेपछि प्रहरीले मुचुल्का गरेर उनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा पठाएको छ । रोक्काको पासपोर्ट नम्बर ०६९३४२५० रहेको छ ।

 श्रोत: अन्नपूर्ण पोस्ट
Powered by Blogger.