ल थाहा पाउनुस् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष के हो के होइन ?
काठमान्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष विशुद्ध उद्धार कोष हो। प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरूको खोज, उद्धार र राहतका लागि यो कोषको उपयोग गरिन्छ।
यस कोषमा नेपाल सरकार र अन्य कुनै पनि स्रोतबाट यस प्रयोजनका लागि प्राप्त हुने रकम जम्मा गरिनेछ, जसको प्रयोग कुनै पनि प्रशासनिक खर्च, चन्दा, दान, दातव्य र कर्मचारीहरूको सुविधाका लागि हुँदैन। यस कोषको सञ्चालनका लागि केन्द्रीयस्तरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको ८ सदस्यीय सञ्चालक समिति रहेको छ।
यो समितिको सर्वसम्मत निर्णयबाट आवश्यक राहत रकम प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार कोषमा पठाइन्छ। केन्द्रमा रहेको कोष र जिल्लामा रहेका कोषहरूको प्रत्येक आर्थिक वर्ष समाप्त भएपछि महालेखा परीक्षकबाट लेखापरीक्षण हुन्छ। यो कोष प्रधानमन्त्री सहायता कोषभन्दा फरक छ।
सरकारी कामकारवाहीको लामो प्रक्रियालाई सरलीकरण गरी देशमा हुने कुनै पनि प्राकृतिक प्रकोपबाट पीडित र प्रभावितहरूको शीघ्र उद्धार तथा राहत कार्य सञ्चालन गर्न एवं सबै स्रोतबाट प्राप्त सहयोगलाई एकत्रित गरी दोहोरोपना हटाई वास्तविक पीडितसम्म पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम यो कोषको स्थापना गरिएको हो।
बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि विभिन्न व्यक्ति तथा संस्थाहरूका नाममा खोलिएका राहत कोषहरूको रकम समेत एकत्रित रूपमा उद्धार र राहतमा लगाउन सकियोस् तथा नयाँ खोलिएका संस्थाहरूको प्रशासनिक र शिरोभार खर्च कम होस् भन्ने अभिप्रायले नेपाल सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले २०७२ बैशाख १६ गते राहत कोषका नाममा जम्मा भएको रकम सीधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जाने व्यवस्था गरेको छ।
तर, यो व्यवस्था नेपालमा यस अघि सामाजिक कार्य गर्दै आएका संस्थाहरूको साविकको खाताका हकमा भने आकर्षित हुनेछैन। यद्यपि, ती संस्थाहरूले राहत र उद्धार कार्य गर्दा केन्द्र र जिल्लाका सम्बन्धित सरकारी निकायसँग निकट समन्वय गर्नुपर्नेछ। स्वदेश र विदेशमा रहेका व्यक्ति/संस्थाहरूले अनलाइन माध्यमबाट बैंकिङ प्रणाली प्रयोग गरी समेत यो कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।
नेपालभित्र SCT र नेपाल बाहिरबाट Visa वा Master Card को प्रयोग गरी यस्तो रकम जम्मा गर्न सकिनेछ। यसका लागि कोषको वेबसाइट http://pmrelief.opmcm.gov.np बाट आफूले चाहेको विकल्प छनौट गरी रकम पठाउन सकिनेछ। यस कोषमा रकम योगदान गर्ने व्यक्ति/संस्थाको नामावली तथा योगदान रकम सोही वेबसाइटमा प्रकाशित गरिनेछ। यस कोषमा विस्तृत जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट www.opmcm.gov.np बाट प्राप्त गर्न सकिनेछ। थप जानकारीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्द राज पोखरेल (मोबाइल नं. ९८५११००४०७) वा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण गोपाल मलेगो (मोबाइल नं. ९८४१५१६५०५) मा सम्पर्क गर्न सकिनेछ।
यो कोषमा जम्मा हुने रकमबाट भूकम्पबाट पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणमा खर्च गरिने छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न दाताहरुले निम्न बैंक खातामा पनि जम्मा गर्न सकिने छ ।
नेपाल बैंक लिमिटेड काठमाडौंको खाता 00211053313, SWIFT code: NEBLNPKA स्टा
ण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको खाता 18013243801, SWIFT Code: SCBLNPKA
नेपाल बंगलादेश बैंक लिमिटेडको खाता 035141C, SWIFT Code: NPBBNPKA
एभरेष्ट बैंक लिमिटेडको खाता 00101102200012 र 00100-105200270, SWIFT Code: EVBLNPKA ग्लोबल बैंक लिमिटेडको खाता 0411010000005, SWIFT Code: GLBBNPKA
मा रकम जम्मा गर्न सक्ने छन् ।