Header Ads

टेलिभिजनहरु धमाधम बन्द हुदै : टीटिभि बन्द, हिमालयमा आन्दोलन, सगरमाथाबाट आठ निस्काशित

काठमाडौं । महाभुकम्प पछि ठुला भनिएका मिडिया धमाधम बन्द हुन थालेका छन् ।यस बीचमा टीटिभिमा सुचना टाँस गरेर जेष्ठ १ गतेबाट प्रशारण पुर्ण बन्द हुँदा करिब ७० जना पत्रकारहरुको भविष्य अन्यौलपुर्ण बनेको छ भने अको एक टेलिभिजन पनि लगभग बन्दहुने अवस्थामा पुगेको छ ।

 पुरानो बानेश्वरमा रहेको हिमालय टेलिभिजनका मालिकले श्रमजीवि पत्रकारहरुमाथि अमर्यादित व्यावहार प्रस्तुत गरेको भन्दै पत्रकारहरु आन्दोलीत भएका छन् । आन्दोलनमा रहेका पत्रकारहरुले आफ्ना माग पुरा नभएसम्म काममा नफकर्ने अडान लिएका छन् ।

 टेलिभिजन सञ्चालकले भने पत्रकारलाई प्रहरी प्रशासनको बलमा थुनामा हाल्ने काम गर्न लागेको भन्दै पत्रकार महासंघ हिमालय शाखा प्रतिष्ठानले आपत्ति जनाएको छ । हिमालय टेलिभिजनले श्रमजीवि पत्रकार ऐनको पालना समेत गरेको छैन । त्यस्तै भूकम्पलाई कारण देखाउदै सगरमाथा टेलिभिजले समेत दृश्य सम्पादकहरुको जागिर खोसेको छ ।

 भुकम्प पछि न्युज २४, एभिन्युज टेलिभिजनका सञ्चालकहरुले समेत टिभि बन्द गराउने विभिन्न बाहना खोजीरहेका छन् । केही टेलिभिजनहरुमा भुकम्प सँगै व्यवस्थापक परिवर्तन समेत हुन थालेका छन् ।

 श्रमजीवि पत्रकारको हितमा काम गर्ने नारा लगाएर निर्वाचित भएका पत्रकार महासंघका पदाधिकारीहरु भने पत्रकारलाई परेको समस्यामा मुकदर्शक बनेको छ । घर भत्कीएको पीडामा समेत काम गरिरहेका अधिकांश पत्रकारले महिनौ अघिदेखी तलब नपाउदा समेत महासंघ भने चुपचाप छ ।-न्यूज अभियान डट कम बाट 
Powered by Blogger.