नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला यसरी जलाइयो
इटहरी । भुकम्पको उद्धारको नाममा भारतीय सेनाले नेपालमा हस्तक्षेप गरेको भन्दै सुनसरीको इटहरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाइएको छ ।
इटहरी स्थित जनता बहुमुखी क्याम्पसका दुई क्रान्तिकारी बिधार्थी संगठन र अनेरास्वीयुले भारतीय हस्तक्षेको बिरुद्धमा भारतीय प्रधानमन्त्री मोदीको पुतला लगाएका हुन । भुकम्पको उद्धारको नाममा भारतीय सेनाले अन्तराष्ट्रिय बिमानस्थल कब्जा जमाएको उद्धार भन्दा पनि नेपाल चिनको सिमामा अनाबश्यक गतिबिधी गरेको भन्दै बिधार्थी संगठनले बिरोध जनाएको हो ।
जनता क्याम्पबाट नाराबाजी सहित निस्कीएको बिधार्थी जुलुसले पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीको पचरुखीमा मोदीको पुतला जलाएका हुन । साथै भारतीय मिडियाले समेत नेपाललाई भारतीय भुमी भनि प्रचारबाजी गरेको भन्दै त्यसको पनि बिरोध गरेका थिए ।
बिधार्थीले भारतीय उद्धार टोली तत्काल भारत फर्कन आग्रह समेत गरेका थिए । बिधार्थी नेताहरुले भारतीय हस्तक्षेपका बिरुद्धमा सरकार लाचारी भएको भन्दै नेपाल सरकारको समेत बिरोध गरेका थिए ।