Header Ads

‘भत्केका घर र भत्केका मन ठिक ठाउँमा ल्याउने दायित्व मेरो हो’

काठमाडौं । दुई ठुला बामपन्थी दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीले भूकम्पपछि तहसनहस भएका गाउँमा पुर्ननिर्माणको काम थालेका छन् । विहीबार एमाले र एमाओवादीले हजारौ आफ्ना कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा पठाएका छन् । राजधानीमा छुट्टा–छुट्टै कार्यक्रम गरेर एमाले–एमाओवादीले जनतालाई छानो र मानो दिने प्रतिबद्धता जनाएका छन् ।

एमालेले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको अस्थायी आवास र भत्केका बिद्यालय बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरेको छ । स्वयंसेवक जिल्ला पठाउन आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले त्यो समयमा राजनीति या प्रचारका कुनै पनि काम नगरी जनताको सेवा गर्न निर्देशन दिए । ‘राजनीति त हामीले जितिसकेका छौ, अव देश निर्माण गरेर जनतालाई छानो र मानो दिनुछ’ अध्यक्ष ओलीले भने ‘ एमालेले देश निर्माण कसरी गर्छ यसको नमुना दुनियाँलाई देखाउनु छ ।

ओलीले एमालेका कार्यकर्ता चिनिया सेना जस्तो हुनु पर्ने बताए । ‘ठुला ठुला बाढीका बेला पनि चिनियाँ सेनाले मानव साङलो बनाएर जनताको सेवा गर्दछन् । प्राकृतिक प्रकोपलाई नै रोक्न सक्ने ताकत राख्दछन्, अव एमालेका कार्यकर्ता त्यहीरुपमा प्रस्तुत हुनु पर्ने बेला आयो ।’

 उनले देश बनाउने र जनताको दुखमा साथ दिने पार्टी एमाले सावित भइसकेको बताउदै त्यसको प्रारम्भ गरिसकेको बताए । अव देशभित्र मात्र हैन, दुनियाले थाहा पाउछ, १० जेठपछि एमालेले मुलुक कसरी बनाउँछ ?’ उनले जनताका भत्केका घर मात्र नभई भत्केका मनलाई पनि एमालेले ठाउँमा ल्याउने बताए । एमालेको तालिम प्राप्त .स्वयंसेवि दस्ता १० जेठदेखि १७ जिल्लामा एकै पटक परिचालित हुनेछ ।

त्यसैगरी एकीकृत नेकपा माओवादीले पूर्वजनमुक्ती सेना र आइसिएलसहितको दस्ता भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । भूकम्प प्रभावित क्षेत्रमा जाने दस्तालाई विदाई गर्दै एमाओवादी अध्यक्ष दाहालले अब आफ्नै पहलमा नयाँ नेपाल बनाउने घोषण गरे । ‘विदेशीको मुख ताकेर मात्र केही हुँदैन, अव आफ्नै ताकतमा देश बनाउनु पर्छ, अध्यक्ष प्रचण्डले भने ‘युद्धकालमा युद्ध लडेजस्तै श्रममा लडनुस् राष्ट्र निर्माण हुन्छ ।’ -स्रोत /एस काठमान्डू बाट 
Powered by Blogger.