गएराती भूकम्पको अर्को धक्का !
काठमाडौं । शनिबार राती सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार राती १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.४ म्याग्निचूयटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
कम्पको धक्का काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको थियो । शनिबार मात्रै दिउँसो १ बजेर १४ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महुसस भएको थियो ।
बैशाख १२ र २९ मा गएका शक्तिशाली भूकम्पपछि परकम्पन हुने क्रम निरन्तर जारी छ । धेरैजसो परकम्पन सिन्धुपाल्चोक, दोलखा र गोरखा केन्द्रबिन्दु भएर गएका छन् ।
६ म्याग्निच्यूटसम्मका भूकम्पले क्षति नगर्ने भएकाले नआत्तिन राष्ट्रिय भूकम्प मापन केन्द्रले सर्वसाधरणलाई आग्रह गरेको छ ।