हेलिकप्टरमा चढाइएका ५ घाइते अझै भेटिएन
काठमाडौं । वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटीबाट हेलिकप्टर चढाइएका ५ घाइते अझै बेपत्ता छन् ।
उपचारका लागि हेलिकप्टर चढाएको १३ दिनसम्म पनि काठमाडोंका कुनै अस्पतालमा ती घाइते नभेटिएपछि उनीहरु दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै थिए कि भन्ने आशंका बढेको छ ।
चढेको समय, हेलिकप्टरको उडान तालिकासमेत हेरेर घाइतेका आफन्तले सोही दिन दुर्घटना भएको अमेरिकी मरिन कीर्सको यूएच १ वाई हुवेमा आफन्त परेको हुन सक्ने अनुमान गरेका छन् ।
कान्तिपुर दैनिकमा समाचार छ । बेपत्ता भएकामा लाखुक ७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडाकी सावित्री सिवाकोटी छन् ।