मिति: वि.सं.२०७२ साल जेठ १४ गते । बिहिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं.२०७२ साल जेठ १४ गते। बिहीबार। शकसंवत् १९३७। इश्वी सन् २०१५ मे २८ तारिख। नेपाल संवत् ११३५ तछलाथ्व। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ज्येष्ठ शुक्लपक्ष। तिथि– दशमी, अपराह्न ४:२२ बजेउप्रान्त एकादशी। नक्षत्र– उत्तरफाल्गुनी, दिउँसो ११:१७ बजेउप्रान्त हस्त। योग– वज्र, प्रात: ६:५८ बजेदेखि सिद्धि। करण– गर, अपराह्न ४:२२ बजेपछि वणिज, भोलि बिहान ५:१७ बजेउप्रान्त भद्रा। आनन्दादिमा मातंग योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:१२ बजे, सूर्यास्त– ६:५२ बजे र दिनमान ३४ घडी १० पला। पर्वहरू— गंगा–दशहरा, रामेश्वर–गंगा पूजा, हत्यामोचन–तीर्थस्थान, रुरुक्षेत्र रिडीमा हृषीकेशोत्सव, गोसाइँकुण्ड–स्नान समाप्ति, वज्रगुरु पद्मसम्भव जयन्ती। - तदअनुसार तपाईंको राशी यस प्रकार छ !
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ने देखिन्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ मिल्नेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। रोकिएका काम बन्नेछन्। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। तर, अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। मान–सम्मान पनि पाइनेछ। तर, अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ। तापनि, चुनौतीका बाबजुद केही काम काम बन्न सक्छ। फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ। केही मात्रामा खर्च बढ्नेछ। र शारीरिक थकान वा आलस्य जाग्नेछ। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। स्थानान्तरण वा लामो यात्रा होला। वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। तर, परिवारजनको आवश्यकतामा खर्च बढ्नेछ। उत्साहमा पनि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि फाइदै हुनेछ। भाग्योन्नतिको समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा प्रशस्त लाभ हुनेछ। तर, खर्च पनि तत्काल गर्नुपर्ला। यात्रामा केही समस्या आउलान्। केही बाध्यताका काममा जुट्नुपर्ला। असमझदारीका बीच पनि पारिवारिक सद्भाव कायम हुनेछ। सरसापटमा खर्चनुपर्ला। आतिथ्यपूर्ण सम्मान पाइनेछ। अरूको आदरभावप्रति भने शंका जाग्नेछ।