Header Ads

महाभूकम्प गएको एक महिना पूरा:तथ्यांक अनुसार अहिलेसम्म ८ हजार ६ सय ५९ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको आज एक महिना पूरा भएको छ ।
वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशम्लव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 त्यसयता लगातार पराकम्पन महशुस भइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई गोरखा भूकम्प नाम दिएको छ ।

 भूकम्पमा परी ज्यान गुमाउनेको संख्या हालसम्म साढे ८ हजार नाघेको गृहमन्त्रालयले जनाएको छ ।

 मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ८ हजार ६ सय ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

करिब २२ हजार मानिस घाइते भएका छन् । पूर्ण र आशिंक गरी झण्डै आठ लाख घर ध्वस्त भएका छन् ।
Powered by Blogger.