भुकम्पमा ज्यान गुमाएको सम्झनामा संजयले अमेरिकाको सर्वाेच्च शिखर आरोहण गर्ने
काठमाडौं । गत २०७२ बैशाख १२ गते शनिवारका दिन नेपालमा आएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउने नेपाली दाजुभाइ दिदिबहिनिप्रति हार्दिक श्रद्धाञ्जली वयक्त गर्दै नेपाली लामो दुरीका धावक तथा किर्तिमानी विश्व पर्वतारोहि संजय पण्डितले भुकम्पमा परि ज्यान गुमाउने नेपालीहरुको सम्झानामा उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने घोषणा गरेका छन् ।
उनले यस अघि सगमाथालगायत विश्वका पाँचवटा महादेशका उच्च शिखर सफल आरोहण गरिसकेका छन् । सातै महादेशका उच्च शिखर चढ्ने तयारीमा रहेका संजयले उत्तर अमेरिकाको उच्च शिखर चढ्ने तयारीमा रहिरहेको समयमा नेपालमा महाभुकम्प गएपछि उनले तीन करोड नेपाली शोकमा डुबेको समयमा संसारलाई नेपालीलाई परेको विपतीमा साथको आग्रह गर्दै सो शिखर चढ्ने निर्णय गरेका हुन् ।
‘यो आरोहणलाई अमेरिकाको शिखरबाट एक पटक नेपाल विपतीमा परेको छ संसारका सबै राष्टलाई सहयोग गर्न आवहन गर्ने छु ।’ पण्डितले भने,‘महाभुकम्पमा परी सगरमाथा आरोहणको सिलसिलामा रहेको ज्यान गुमाउने आरोहीहरुलाई समेत म सो आरोहण समर्पण गर्न चाहान्छु ।’ सो आरोहणबाट भुकम्प सम्बन्धी जनचेतना जगाउने समेत सकिने उनले विश्वास लिएका छन् ।
उनले उत्तर अमेरिकाको सर्वाेच्च शिखरमा नेपालको विश्व सम्पदा सुचीमा रहेको पुरातात्वकी महत्वका मठ मन्दिरहरुको पुर्ननिमार्णमा सहयोग आग्रह गर्दै ती धरोहर ंअंिकत तश्विर समेत चुचुरोमा पदर्शन गर्ने बताएका छन् । उनले सो अभियानमा सम्पूर्ण अमेरिकाबासीले साथ दिने विश्वास लिएका छन् ।
जलवायु परिवर्तनको कारणले हिमाली भागमा परेको प्रभाव तथा विश्व शान्तिको जनचेतना फैलाउन उनले एशिया, युरोप, अफ्रिका, साउथ अमेरिका र अस्टेलियाको सफल किर्तिमानी आरोहण गरिसकेका छन् ।