नायिकाले भन्दा सहयोग गर्ने बैंकहरु -यस्तो बेला कता ? कुन बैंकले कति दिए ?
काठमाडौं । नायिका निशा अधिकारीलाई पर्वतारोहणमा सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरुको देशले भोगेको यो विपत्तिमा भूमिका न्यून देखिएको छ । देश विपत्मा परेको बेला खुद मुनाफाको आधारमा एउटा सामान्य वाणिज्य बैंकहरुले एक करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्नसक्ने हैसियत राख्ने भए पनि ती बैंकहरु देशलाई परेको यो विपत्तिमा भने हराएका छन् । वित्तीय क्षेत्रमा झण्डै एक सय ९३ वटाको संख्याको बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय कारोबार सञ्चालन गरिरहेका छन् ।
सोमध्ये ३० वटा वाणिज्य बैंक, ८१ वटाको हाराहारीमा विकास बैंकहरुले वित्तीय कारोबार सञ्चालन गरिरहेका छन् भने निर्जीवन र जीवन समेत गरी २७ वटा कम्पनीहरुले कारोबार गरिरहेका छन् । तर महाभूकम्प गएको १० दिन बितिसक्दा पनि मुस्किलले दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुले भूकम्पपीडितका लागि १५ करोड रुपैयाँको हाराहारीमा सहयोग गरेका छन् ।
क्षेत्रीय, राष्ट्रिय तथा वाणिज्य बैंक समेतबाट हालसम्म भूकम्पपीडितको राहतको लागि न्यूनतम एक लाख रुपैयाँदेखि दुई करोड रुपैयाँसम्म सहयोग रकम उपलब्ध भएको छ । विगतमा नायिका अधिकारीको पर्वतारोहणमा आर्थिक सहयोग गर्न निकै नै हौसिएको ‘ग्याल्मरस’ बैंक मेगाले हालसम्म पनि भूकम्पपीडितका लागि सहयोग रकमको घोषणा गरेको छैन । बैंकले खालि यो विपत्तिमा सहयोग गर्न तत्पर छौँ भन्ने सन्देशको लागि राहतको लागि रकम संकलनार्थ खाता मात्र सञ्चालन गरेको छ । यसैगरी माछापुच्छ«े बैंक र एपेक्स डेभलपमेन्ट बैंकले पनि राहत रकम संकलनको लागि खाता मात्र सञ्चालन गरेको छ ।
भूकम्पपीडितका लागि हालसम्म कर्मचारी सञ्चय कोषले दुई करोड, नेपाल राष्ट्र बैंकका समग्र कर्मचारीहरुको तर्फबाट एक करोड ५५ लाख, ग्लोबल आईएमई बैंकसहितको आईएमई समूहले दुई करोड, प्र्रभु बैंकसहितको प्रभु समूहले एक करोड एक लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड, राष्ट्रिय वाणिज्य बैंकले एक करोड, लुम्बिनी बैंकले एक करोड, सिटिजन्स बैंकले एक करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको छ ।
यसैगरी सरकारी स्वामित्वको कृषि विकास बैंकले ५० लाख, सानिमा बैंकले ११ लाख ११ हजार, सिटी डेभलपमेन्ट बैंकले एक लाख ५० हजार, सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले एक लाख ५५ हजार, वेष्टर्न युनियन मनी ट्रान्सफरले दुई करोड, टुरिज्म डेभलपमेन्ट बैंकले १० लाख, नेपाल एसबिआई बैंकले ५० लाख, भृकुटी विकास बैंकले एक लाख, यती विकास बैंकले १० लाख र स्वावलम्बन लघुवित्त विकास बैंकले ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गुडविल फाइनान्सले पनि आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सञ्चालनमा रहेका ५१ वटा फाइनान्स कम्पनीहरुमध्ये हालसम्म दुईवटा मात्र फाइनान्सले आर्थिक सहयोग उपलब्ध गराएका छन् । क्षेत्रीय र राष्ट्रिय समेत ८१ वटाको हाराहारीमा विकास बैंकहरु सञ्चालनमा रहेकोमा छवटा बैंकले मात्र आर्थिक सहयोग उपलब्ध गराएका छन् । ३० वटा वाणिज्य बैंकहरुमध्ये पनि हालसम्म ११ वटा बैंकहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । आर्थिक दैनिकमा समाचार छ ।
भूकम्पपीडितका लागि सहयोग गर्ने हालसम्मका बैंक तथा वित्तीय संस्थाहरु :
क्र. सं. संस्थाको नाम रकम
१ नेपाल राष्ट्र बैंक कर्मचारीहरु एक करोड ५५ लाख
२ कर्मचारी सञ्चय कोष दुई करोड
३ आईएमई ग्रुप दुई करोड
४ राष्ट्रिय वाणिज्य बैंक एक करोड
५ नेपाल इन्भेष्टमेन्ट बैंक एक करोड
६ लुम्बिनी बैंक एक करोड
७ प्रभु समूह एक करोड एक लाख
८ सिटिजन्स इन्टरनेशनल बैंक एक करोड
९ कृषि विकास बैंक ५० लाख
१० सानिमा बैंक ११ लाख ११ हजार
११ सिटी डेभलपमेन्ट बैंक एक लाख ५० हजार
१२ सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स एक लाख ५५ हजार
१३ वेष्टर्न युनियन मनी ट्रान्सफर दुई लाख डलर
(दुई करोड रुपैयाँ)
१४ टुरिज्म डेभलपमेन्ट बैंक १० लाख
१५ मेगा बैंक सहयोग रकम संकलनार्थ खाता सञ्चालन
१६ माछापुच्छ बैंक रकम संकलनार्थ खाता सञ्चालन
१७ एपेक्स डेभलपमेन्ट बैंक राहत कोष सञ्चालन
१८ नेपाल एसबिआई बैंक ५० लाख
१९ भृकुटी विकास बैंक एक लाख
२० यती विकास बैंक १० लाख
२१ स्वावलम्बन लघुवित्त विकास बैंक ५० लाख
२२ गुडविल फाइनान्स लिमिटेड १० लाख
२३ ग्लोबल आईएमई बैंक एक करोड ५० लाख
२४ कुमारी बैंक ५१ लाख