Header Ads

म यी तस्बिरमा मेरा आफन्त खोज्दै छु...

शनिबारको दिन ! बिहान अलिक ढिलै उठे । उठना साथ फेसबुक खोले । टाइमलाइन पुरै "भुकम्प आयो" जस्ता स्टयाटसले रंगिएको थियो । सानितिनो नै आयो होला भन्ने सोचे र त्यति चासो दिइन । ठुलै आको भा घर बाट फोन गरिहाल्थे नि भन्ने सोचेे ।

मुख सुख धोइवरि कुर्सीमा बसेर चिया पिउदै थिए ,एक्काकी ढोका जोरले बज्यो ! साथी आएको रहेछ । आत्तिदै साथी आयो र सुनायो " जिग्री नेपालमा ठुलो भुकम्प गएछ ! धरहरा नि ढल्यो रे! भर्खर समाचारमा आको छ" । असिनपसिन हुँदै साथिले एकस्वरमा भन्यो!
र थप्यो पनि "घरमा नि फोन लागेको छैन यार!"
म खरङगै भए! अत्तालिदै घरमा फोन गर्न खोजे अह लागेन ! टुटटुट गर्दै काटियो । होसहवास उड्यो ! फेसबुक खोले । अनलाइनमा घरतिरको कोहि देखिन । झन झन चिन्ता बढ्दै गयो । फेसबुकमै दिनभर झुन्डिए । अनलाइन न्युज पोर्टलहरुले हरपल अपडेट गराइरहेको न्युज हेर्दै बसे ! बिनासकारी भुकम्पले त्यतिबेला सम्म ५० जना मारिसकेको र सयौ घाइते बनाइसकेको जानकारी पायियो । दु:ख लाग्यो झन घरतिर सम्पर्क हुन नसकेको पिर थिदै थियो । एतिहासिक धरहरा, बसन्तपुर दरबारलगाएत सयौ एतिहासिक धरोहर भत्काइसकेको थियो । अब हामिमाझ थिएनन।
"धरहरा चढ्न नपाइ ढल्यो यार" मेरो बोली छुट्यो । अनयासै निस्केको बोली त्यति सान्दर्भिक थिएन । मजाकमा भनिने जस्तो जो बोलेको थिए । साथीहरू नि एकनास फेसबुकमा घोरीएकाले मेरो कुराको खास चासो दिएनन । तै पनि आफुले बोलेको बोलीप्रती ग्लानी महसुस भैरह्यो ।
बेल्का करिब चार बजेतिर नेपालबाट फोन आयो । नचिनेको नम्बरबाट । नम्बर एन्सेलको थियो । घरबाटै रहेछ फोन । घरतिर केही पनि नभएको र सबजना सकुशल रहेको समाचार पाइयो । आफू नि यता सुरक्षित नै थिए । घरतिर नि सबै सुरक्षित रहेसी मन एकाएक खुसी भयो । गुमाएको केही नि थिइन तर सबथोक पाए सरहको अनुभुती भैरहेको थियो । खुसिले गदगद भइरहेको थिए म ।
बेल्का करिब ९ बजेको हुदोहो । म फेसबुकमै थिए । न्युज हेर्दै बसिरा थे । एउटा मेसेज आयो ' हेय' । मेसेज केटीको थियो । जसलाइ म पहिला पहिला "लभ पारम" भन्दै फलर्ट गर्ने गर्थे । तर उ भने जहिले म सङ्ग बिच्किन्थी । अब उसैको मेसेज सुरुमा आएसी म दङ्ग नपर्ने कुरै आएन । एकछिन त बिर्सिए भुकम्प आएर देश सोखमा छ । म त उसङग मस्किन पो थाले ।

"के हो प्रिय आज याद आयो होइन मेरो ?"
उताबाट कुनै रिप्लाइ आएन र पुन: म्यासेज गरे
"का हरायौ मेरि प्रिय "
रिप्लाइ आयो ! " हेय आर यु सेफ"
झटपट रिप्लाइ गरे " या आइ म एकस्टिरिम्ली सेफ यान यु "
उताबाट नि सेफ नै रहेको जान्कारी आयो ।
बैंलोरमा बस्ने हामी ( उ र म ) सेफ रहने कुरा त भैगोनी ।
उ त्यतिकैमा अफलाइन भइ । अफलाइन भएपनी उसले आफ्नो टाइमलाइनमा लगालग भुकम्पका समाचार हरु अनि भुकम्प पछिका तस्बिर हरु सेयर गरिराथी । मिनेट बिराइ उसले सेयर गर्दै गइराथी ।
त्यतिकैमा म्यासेज गरे उसलाई " हेल्लो प्रिय किन हो? काम छैन ? कति सेयर गरेको न्युजहरु अनि फोटाेहरु "
म्यासेज ढिलै सीन भयो र
उताबाट रिप्लाई आयो "म यी फोटाेहरुमा मेरा सपर्कबिहिन परिवार खोज्दै छु, के थाहा कतै भेट्छु कि????".
म म्यासेज हेरेको हेर्यै भए । भक्कानिए । आँसु नझारी रहन सकिन । त्यसपछि कुनै रिप्लाई दिने हिम्मत आएन ।
मानबिय समबेदना बिर्सेर यस्तो बखत नि उसलाइ त्यस्ता म्यासेज गरेको प्रती ग्लानी भयो। म धेरैबेर घोरीए । सम्हालिन खोजे । माफिको लाएक नभएनि मैले उसङग माफी माग्ने प्रयत्न गरे । उसको फोन नम्बर मागेर फोन गरे । फोनमै रोए । मानवीय संवेदना हराएको मेरो त्यतिखेरको हर्कत सम्झिदा मुटु अमिलो भएर आउँछ अहिलेपनी । उसको परिवार सकुशल रहुन भन्ने प्रार्थना गरिरहेछु मैले । 
Powered by Blogger.