Header Ads

जाजरकोटमा प्रकोप कम हुँदै , यसरी नियन्त्रणमा आउन थाले

जाजरकोट, वैशाख ११ । रुघाखोकी र फ्लुको प्रकोप चार सातापछि कम हुन थालेको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य टोली बाक्लो परिचालनपछि प्रकोप नियन्त्रणमा आउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले जिल्लाका १५ शिविरमा ३६ डाक्टरसहित २ सय स्वास्थ्यकर्मी परिचालित छन् । घरघरमै पुगेर उपचार थालिएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख धीरजंग शाहले उपचारमा आउने बिरामीको संख्या घटेको र प्रकोप नियन्त्रणमा आउन थालेको बताए ।

तीन दिनअघि प्रभावित गाविसमा औषधिसहित चिकित्सक पुगेर सेवा दिन थालेपछि बिरामीको संख्या घटेको जनस्वास्थ्यले जनाएको छ । शाहका अनुसार प्रभावित क्षेत्र ढिमे, सक्ला,दसेरा, पैंक, मजकोट,पजारु, रोकय गाउँ,कोर्ताङ, गर्खाकोट गाविसमा बिरामीको संख्या घटेको छ ।

ती गाविसमा सञ्चालित शिविरमा मौसमी रुघाखोकीका दैनिक ५० बिरामी उपचारमा आउने गरेको चिकित्सकले जनाएका छन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.