Header Ads

महामारी फैलिन नदिन पानी जाँचेर मात्रै शिविरमा

काठमाडौं, वैशाख १८ । सरकारले महामारी फैलिन नदिन राजधानीमा भूकम्पपीडित बस्दै आएका अ स्थायी शिविरमा वितरण गर्ने पानी जाँचेर मात्रै पठाउन थालेको छ। पीडितका लागि सरकारले तोकेका विभिन्न १६ वटा शिविरमा उपलब्ध गराइने पानी विज्ञ टोलीले जाँच्न थालेको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि तथा इन्फोसहितका विभिन्न संघसंस्थाका विज्ञ टोलीले पानी प्रयोग हुनुभन्दा अघि शिविरमै जाँच्ने व्यवस्था मिलाइएको छ। पानी महामारी फैलिने सबैभन्दा मुख्य कारण हो। केयूकेएलले आफ्नै तोकिएका संकलन केन्द्रको पानी मात्रै ट्यांकरमा भरेर पठाइरहेको छ।

पानीका अन्य स्रोत प्रयोग गर्नुपरे जाँचेर तथा औषधि हालेर मात्रै पठाइरहेको उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रवक्ता योगेन्द्रबहादुर बमले बताए। ‘निजी ट्यांकरको पानीसमेत हाम्रो विज्ञ टोलीले नजाँची प्रयोग हुँदैन’, उनले भने। ट्यांकरमै क्लोरिन झोल बनाएर मिसाउने र अमानेनिया जाँच्ने काम भइरहेको बमले बताए। पानीमा न्यूनतम मापदण्ड भएनभएको बारे अक्सफाम र एन्फोले परीक्षण गरिरहेका छन्।

बमका अनुसार सरकारले निजी पानी ट्यांकरलाई आफूखुसी शिविरमा पानी लैजान प्रतिबन्ध लगाएको छ। ‘हामीले तोकेको ठाउँमा हामीले भनेपछि मात्रै पानी पुर्‍याउने हो’, बमले भने। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
Powered by Blogger.